नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9844 · वि.सं. २०७४
नि.नं. 9844 — कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
फौजदारी दायित्वको वर्गीकरणअन्तर्गत मनसाय सापेक्ष दायित्व (Mens Rea relative Liability) एक हो । जसमा आपराधिक कार्य (Actus Reus) र आपराधिक मनसाय (Mens Rea) दुवैको समायोजनमा हुने अपराधहरू मनसाय सापेक्ष दायित्व हुन् । तर निरपेक्ष दायित्व (Strict Liability) यसको अपवाद हो । आपराधिक मनसायबिना गरेको कार्य अपराध हुँदैन (Act alone does not amount to guilt, it must be accompanied by mens rea) भन्ने फौजदारी दायित्वको सर्वमान्य सिद्धान्तसमेत रहेको पाइन्छ । मानसिक विचलन भएको अथवा मानसिकरूपमा अस्वस्थ भएको व्यक्तिले गरेको आपराधिक कार्यमा आपराधिक दायित्वबाट उन्मुक्तिको प्रतिरक्षाको आधार बन्दछ । यसको कारण उसले गरेको कार्य या त उसले आफूले गरिरहेको छु भन्ने जानकारी राख्दैन या त आफूले गरेको कार्य गलत हो भन्ने जानकारी राख्दैन । यसैकारण स्वतन्त्र इच्छा (Free will) र स्वायत्त (Autonomy) सोचबाट निजले काम गरेको हुँदैन भन्ने मान्यता सर्वत्र स्वीकार्य विषय बनेको पाइने । विवेक प्रयोग गर्न सक्ने, आफूले गरेको कार्यको जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले पूर्वयोजना बनाई स्वतन्त्र इच्छाबाट, स्वायत्त किसिमको स्वेच्छापूर्वक गरेको आपराधिक कार्यमा मात्र दायित्ववान् बनाउन सकिने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9844 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2073/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री टीका बहादुर हमाल | माननीय न्यायाधीश श्री रामचन्द्र यादव |
| मुद्दा नं. | ०६९-CR-०८५२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9844 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
