नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9842 · वि.सं. २०७४

नि.नं. 9842 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

म्याद भन्‍नाले कुनै कामको लागि सम्बन्धित निकायमा प्रवेश गर्न पाउने कानूनले तोकेको समय हो । कानूनले यस्तो समयको निर्धारण व्यक्तिले सम्बन्धित निकायमा आउन गर्नुपर्ने तयारीमा लाग्ने समय, आउँदा लाग्ने समय, व्यक्तिको दैनिक जीवनमा अपर्झट आइपर्ने समस्या र सो कुरामा लाग्ने समयावधिको समेत अनुमान तथा विचार गरी निर्धारण गरिदिएको हुन्छ । कुनै पनि व्यक्ति सम्बन्धित कामको लागि सम्बन्धित निकायमा प्रवेश गर्न सहजै समय व्यवस्थापन गरी आउन सकोस् र अत्यधिक विलम्ब गरी कार्य नै प्रभावित हुने गरी पनि नआओस् भन्‍ने उद्देश्यले म्यादको व्यवस्था गरिएको हुने । म्याद सार्वजनिक र व्यक्तिगत हितअनुकूल हुने गरी कानूनले नै निश्‍चितरूपमा समयावधि किटान गरी निर्धारण गरिदिएको हुन्छ र यसको व्याख्या पनि सोही आधारमा गरिनु पर्ने । (प्रकरण नं.७) कानूनले निर्णय भएको मितिदेखि गणना हुने गरी म्यादको व्यवस्था गरेपनि सो निर्णय भएको थाहा नपाउने परिस्थिति भएमा उक्त म्यादको कानूनी व्यवस्था नै निष्प्रयोजित बन्‍न पुग्दछ । यस्तो अवस्थामा या त निर्णय भएको जानकारी सम्बन्धित पक्षलाई सम्बन्धित निकायले सोही दिन सक्नुपर्दछ या त सम्बन्धित पक्षले सो निर्णय सम्बन्धमा थाहा जानकारी पाएको मितिबाट मात्र लागू हुने गरी म्यादको गणना गर्नुपर्दछ । अन्यथा निर्णय भएको जानकारी सोही दिन पाउन नसक्ने व्यक्ति म्यादको कारण मात्र अन्यायमा पर्न जाने । (प्रकरण नं.८) कानूनबमोजिम भएको निर्णय वा आदेश भएको मितिले भन्‍ने व्यवस्थालाई सोको जानकारी पाएको मितिले भनी बुझ्नु र व्याख्या गर्नु नै न्यायोचित हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9842
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2073/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
मुद्दा नं.०६८-WO-१२८६
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9842
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्