नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9837 · वि.सं. २०७४

नि.नं. 9837 — अवहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

मूलतः पुरानो विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा प्रकाशन समयमै नहुनुमा निवेदिकाले जिम्मेवारीको पालना नगरेको कारण नै हो भनी मान्न मिल्दैन, यसबीचमा भएका प्रशासनिक संरचनामा भएका परिवर्तन र संरचना परिवर्तनअनुरूप भइरहने पदीय जिम्मेवारी हेरफेर पनि उत्तिकै जिम्मेवार देखिने । जुन निकायको काम कारवाहीबाट आफूलाई असर परेको हो, सो निकायलाई नै विपक्षी नबनाई लामो समयको अन्तरालमा सचिव पदमा बहाल रहेकै भरमा विवादित पदमा नतिजा प्रकाशन गर्ने जवाफदेहिता निवेदिकाकै हो भनी मान्न नसकिने । (प्रकरण नं. ६) लामो समयसम्म टुङ्गो नलागी अन्योलमा रहेको विषयमा छोटो समयको जिम्मेवारी बहन गरेको व्यक्ति एक्लैलाई मात्र सम्पूर्ण दोष दिनु न्यायोचित हुँदैन । निवेदिका सचिव पदमा रहँदाको अवधिमा अदालतको आदेशको अवज्ञा गर्ने गरी जानीजानी मनसायपूर्वक काम कारवाही गरेको कहीँकतैबाट नदेखिने । (प्रकरण नं. ७) अवहेलनाको प्रकृतिबाट कुनै निर्णय बदर गराउन प्रदान गरिने कानूनी उपचार भन्ने देखिँदैन । अदालतको निर्णय वा आदेशबमोजिम कारवाही भएको छ छैन, र नभएको भए किन नभएको हो भन्नेसम्म हेरिने । कुनै निकायबाट भए गरेका काम कारवाही त्रुटिपूर्ण भए सो बदर गराउन वा प्रचलन गराउनको लागि रीतपूर्वकको उपचारको मार्ग अवलम्बन गरी आउनुपर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9837
मुद्दाको विषयअवहेलना
निर्णय वर्ष / मिति2073/06/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
मुद्दा नं.०७२-NF-०००१ | ०६६-MS-००२० | ०६५-WO-०५१० | ०६८-MS-००१६
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9837
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्