नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9836 · वि.सं. २०७४
नि.नं. 9836 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कस्तो प्रकृतिको वारदातलाई भवितव्य मान्नुपर्ने हो त भन्ने सन्दर्भमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ५ नं. मा भएको व्यवस्थालाई समेत हेर्न सकिन्छ । उक्त व्यवस्थालाई हेर्दा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्लाजस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भनी उल्लेख भएको र त्यसलाई सोही महलको ६ नं. मा थप स्पष्ट पार्दै देहाय १-५ सम्म एउटा कामको लागि सावधानीसँग हातहतियार उठाएकोमा केही व्यहोराले अर्कालाई लागेमा, होस नपुर्याई वा हेलचेक्र्याईं गरी कुनै काम गरी भवितव्य परेमा, रक्षा शिक्षाको क्रममा कुटपिट गर्दा भवितव्य परेकोमा भवितव्य हुनेजस्ता अवस्थाको बारेमा उल्लेख गरेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थासमेतका आधारमा हेर्दा प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भुइँमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भुइँमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. ९) अ.बं. १८८ मा उल्लिखित प्रावधान समेतका आधारमा कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सामान्यतः अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याईं (Justification) गर्नुपर्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9836 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/08/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | ०७२-CF-०००६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9836 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
