नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9833 · वि.सं. २०७४
नि.नं. 9833 — नाता कायम गरिपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
पत्नी हो भनी स्वीकारेको साक्षी राखी गरिएको कागजले विवाहको कानूनी मान्यता नै हुन्छ भन्ने पनि होइन तर उक्त कागजले वैवाहिक सम्बन्धमा रहेको आत्मिय र सामाजिक सम्बन्धको स्वीकारोक्ति गरेको छ । विवाह दर्ता गर्नुपर्ने कानून रहे तापनि नेपालमा हालसम्म व्यक्तिगत घटना दर्ता ऐनको प्रभावकारिता नरहेको अवस्थामा प्रेम विवाह सामाजिक साँस्कृतिक विवाहलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. २) नियुक्तिको फारम भर्दा पतिको नाम नराखेको र नागरिकता लोग्नेको नामबाट किन नलिएको भन्ने प्रश्नमा महिलाले कुन थर लिने उसको स्वनिर्णयको अधिकार रहेको, महिला अधिकारसम्बन्धी महासन्धि (CEDAW) को धारा १६ ले पारिवारिक नामथर छान्ने व्यक्तिको व्यक्तिगत अधिकार हो (Right to choose a family name) भन्ने मान्यता स्थापना भएको अवस्थामा आफ्नो स्वतन्त्र पहिचान सहितको पारिवारिक जीवनको हक रहेको हुन्छ । तसर्थ, नागरिकतामा वा नियुक्तिको फारममा पतिको नाम उल्लेख नगर्नु वा पतिको नामबाट नागरिकता नलिनुको अर्थ श्रीमती होइन भन्ने पुष्टिको आधार हुन नसक्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9833 |
|---|---|
| मुद्दाको विषय | नाता कायम गरिपाऊँ |
| निर्णय वर्ष / मिति | 2074/01/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री अजयराज उपाध्याय | माननीय न्यायाधीश श्री प्रेमराज कार्की | माननीय न्यायाधीश श्री युवराज सुवेदी |
| मुद्दा नं. | ०७३-CI-०१३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9833 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
