नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9832 · वि.सं. २०७४
नि.नं. 9832 — करारबमोजिम रकम दिलाई भराई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीले विवादित लिखत करार होइन लेनदेनको लिखत हो भने पनि वादी प्रतिवादीबीचको सम्बन्ध हेलिकप्टर खरिद बिक्रीसँग सम्बन्धित रहेको र एक पटक सिर्जना भएका करारीय दायित्वहरूलाई नै परिपालना गर्ने गराउने प्रयोजनार्थ Agreement to Assume Obligation नामकरण गरिएको लिखतमा हस्ताक्षर भई तमसुक तयार गरेर साहुलाई दिने भनी सर्तसमेत उल्लेख भएको देखिएको हुँदा उक्त लिखतलाई करारीय कारोबारसँग असम्बन्धित स्वतन्त्र प्रकृतिको लेनदेनको लिखत मान्न मिल्ने नदेखिने । (प्रकरण नं.४) Novation Agreement एउटा त्रिपक्षीय सम्झौता हो जसबाट कुनै दुई पक्षबीच भएको सम्झौताका आधारमा सिर्जित दायित्व ती दुई पक्षको सहमतिमा ती दुई पक्षमध्ये एक पक्षको दायित्व सर्ने गरी एउटा नयाँ पक्ष सिर्जना भई नयाँ करार हुन्छ । जसअनुसार पहिलेको करारअन्तर्गतको दायित्व पछिल्लो करारमा समाविष्ट हुन आएको पक्षमा सरेको हुन्छ । करार गर्ने पक्षहरूले आआफ्नो दायित्वहरू पूरा गर्नुपर्छ, करारबमोजिम कुनै सुविधा पाइसकेपछि आफ्नो कर्तव्य र दायित्व पालना गर्नुबाट पन्छिने वा पन्छिने प्रयास गर्नु हुँदैन, यो करार कानूनको सामान्य सिद्धान्त नै हुने । (प्रकरण नं.४) दोस्रो र तेस्रो किस्ताबापतको रकम तिर्न बाँकी नै रहेको अवस्थामा पहिलो किस्ताको रकम नतिरेको अवस्थालाई विवादको सिर्जना भएको मिति मान्ने हो भने एकै करारअन्तर्गतका विभिन्न किस्ताको लागि फरक फरक मुद्दा दर्ता गर्नुपर्ने अवस्था सिर्जना भई करार ऐन, २०५६ को दफा ८९(२) (ग) को व्याख्या संकुचित हुन जाने । कुनै पक्षबाट निश्चित किस्ता निश्चित समयमा नतिरेमा करारको उल्लङ्घन मानी निश्चित हदम्यादभित्र उपचार खोज्ने अधिकार अर्को पक्षलाई दिइएको रहेछ भने त्यस अवस्थामा उक्त किस्ता बर्खिलाफी हुनासाथ उपचार खोज्ने हदम्याद प्रारम्भ हुन सक्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9832 |
|---|---|
| मुद्दाको विषय | करारबमोजिम रकम दिलाई भराई पाउँ |
| निर्णय वर्ष / मिति | 2073/05/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री कुलरत्न भुर्तेल |
| मुद्दा नं. | ०६९-RB-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9832 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
