नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9831 · वि.सं. २०७४

नि.नं. 9831 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुतः भोगबन्धकीको लिखतले स्वामित्ववालाको स्वामित्व समाप्त गर्दैन । भोगबन्धकीवाला साहुले असामीको ऋण चुक्ता नगरेसम्म लिखतअनुसारको सम्पत्तिमा भोगाधिकारको हैसियतसम्म राख्ने हुँदा सम्पत्तिको स्वामित्वलाई निस्तेज पार्दैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ३ नं. अनुसार भोगबन्धकी लेखाई लिएकोमा लिखत भएका मितिले २ वर्षभित्र अचल सम्पत्ति चलन गर्नुपर्छ वा चलन गर्न नदिए चलन चलाई माग्न नालिस गर्नुपर्छ । सो म्यादभित्र नालिस नदिए बन्धकी लिखत कपाली सरह हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइने । (प्रकरण नं. ३) लेनदेनसम्बन्धी विषयमा सम्बन्धित साहुले नालिस लिई अदालत प्रवेश गरेको अवस्थामा सोही मुद्दाको रोहबाट बुझ्नु पर्ने प्रमाण बुझी निर्णय गर्नुपर्ने हुन्छ । साहुको उजुर नपर्दै ऋण बन्डा लाग्ने वा नलाग्ने भनी निष्कर्षमा पुग्न कानूनसम्मत र व्यवहारिकसमेत नहुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9831
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2074/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री विनोद शर्मा | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी
मुद्दा नं.०७१-CI-१४७८
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9831
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्