नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9830 · वि.सं. २०७४

नि.नं. 9830 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुतः मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सँधै मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गरिनुपर्छ । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्ने यकिन गरिनुपर्छ । अर्थात्‌ प्रतिवादीले कसुर गर्ने मनसाय राखेको भन्ने स्पष्टरूपमा भन्न नसकिए पनि सम्भावित परिणामबारे जानकारी राखेको थियो वा सामान्य समझको व्यक्तिले यस्तो परिणामबारे जानकारी वा ज्ञान राख्दछ भन्न सकिने अवस्था थियो भने कसुरदारले मनसाय राखेको रहेछ भन्ने मान्नु पर्ने । (प्रकरण नं. २०) वस्तुतः उद्योगको कसुरमा आपराधिक कार्य (Actus reus) हुनको लागि “मर्नेसम्मको काम गरेको” हुनुपर्छ तर सो कार्य जे पनि हुन सक्छ, यसको सूची अनन्त बन्न सक्छ । त्यसैले उद्योगको कसुरमा के कार्य गर्‍यो भन्नेभन्दा पनि के कस्तो परिस्थितिमा के कति गम्भीर कार्य गर्‍यो र सो कार्य पूर्ण अपराधको कति नजिक छ भन्ने हेरिनु पर्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9830
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2073/11/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री रामचन्द्र यादव
मुद्दा नं.०६८-CR-०८०४
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9830
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्