नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9828 · वि.सं. २०७४
नि.नं. 9828 — कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुख्यतः फौजदारी वारदातमा घटनाबारे थाहा पाउने र देख्ने व्यक्ति, पीडित, घाइते र प्रतिवादी नै हुन्छन् । ज्यान अपराधको वारदातमा पीडित घाइते यदाकदा मात्र हुने गर्छन्, घटनाबारे यथार्थ जानकारी हुने व्यक्ति त प्रतिवादी र निजहरूसँगै रहेका व्यक्ति नै हुन्छन् । घटनाको सम्बन्धमा निजहरूले कस्तो अवस्था र परिस्थितिमा उक्त घटना घटेको भनी उल्लेख गरेका हुन्छन्, त्यतीलाई मात्र सुक्ष्म तरिकाले केलाएर विश्लेषण गरी हेर्नुपर्ने । (प्रकरण नं. ५) घाइते पीडित व्यक्तिको मौकाको र अदालतसमक्ष गरेको बकपत्रको व्यहोरालाई महत्त्वपूर्णरूपमा लिनुपर्ने हुन्छ । प्रतिवादीको मौकाको बयानलाई उसैको पक्ष र विरूद्धमा जती महत्त्वपूर्णरूपमा हेरिन्छ मौकाको घाइते व्यक्तिको भनाईलाई पनि कसुर पुष्टि गर्न प्रमाण प्रयोजनको लागि प्रतिवादीकै विरूद्धमा प्रतिवादीको भनाई भन्दा कम महत्त्वको रूपमा लिन नहुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9828 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2073/09/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री दीपककुमार कार्की |
| मुद्दा नं. | ०७१-CR-०६१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9828 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
