नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9825 · वि.सं. २०७४
नि.नं. 9825 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
धर्म संस्कृति व्यक्ति एवं समाजको पहिचान हो । धर्म संस्कृतिद्वारा समाज निर्देशित र नियन्त्रितसमेत हुन्छ । मानवले जन्मसँगै धर्म संस्कृतिलाई जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गरी आएको हुन्छ । धर्म संस्कृतिको धरोहरका रूपमा धार्मिक स्थल, धार्मिक गुठीहरू रहेका छन् । यी सम्पदा र सभ्यताको संरक्षण नितान्त आवश्यक हुन जान्छ । परम्परादेखि चलि आएको प्रचलन, सम्पदा र सभ्यता व्यक्तिको जीवनको अधिकार (right to life) कै रूपमा रहन जाने हुन्छ साँस्कृतिक, धार्मिक सम्पदाले इतिहास बोलिरहेका समेत हुन्छन् । यसबाट नै व्यक्ति एवं समाज अपनत्व, जिम्मेवारी, उत्तरदायित्व, नैतिकता, मानवीयता जस्ता तत्त्वले युक्त हुन जान्छ । धर्म, सम्पदा सभ्यताको संरक्षणबाट समाज अझ परिस्कृत हुन जान्छ । यसले समाजलाई संयमित एवं मर्यादित बनाउन मद्दत गर्ने । (प्रकरण नं. ४) नेपाल एक बहुजातिय, बहुभाषिक, वहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र भएको र सबै धर्मालम्वीहरू, भाषा भाषीहरू एक आपसमा मिलेर बसिरहेको देश हो । अनेकतामा एकताको रूपमा छरिएर रहेका धार्मिक, भाषिक, साँस्कृतिक समूह नै नेपालको पहिचान हुँदा यी समूह बीचको विवादको कल्पना पनि गर्न सकिँदैन । निवेदकले के र कुन अवस्थामा कस्तो प्रकारको निकायको माग गर्नु भएको हो सो विशिष्ट (Specific) रूपमा उल्लेख नगरी सामान्यरूपमा मात्रै माग दाबी लिएको देखिन्छ । अदालतले सार्वजनिक सरोकारका नाममा कल्पना गरिएका कुरा तथा बौद्धिक बहसका कुराहरूमा प्रवेश गर्न सक्दैन । निवेदकको अस्पष्ट मागका आधारमा विभिन्न जातजाति तथा भाषा भाषीका बीचमा लडाइँ हुन्छ भन्ने अनुमानका आधारमा रिट जारी गर्न नसकिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9825 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2071/12/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६७-wo-०५१० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9825 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
