नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9820 · वि.सं. २०७४

नि.नं. 9820 — अख्तियार दुरूपयोग गरी भ्रष्टाचार गरेको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

विभागीय मन्त्रीले लगाएको तोकले कानूनी संरचना र कार्यविधिलाई बेवास्ता गर्न मिल्ने होइन । कानून र कार्यविधिभित्र रहेर प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ । यी पुनरावेदक प्रतिवादीहरूले आफ्नो पदिय जिम्मेवारीअनुरूपको कार्य सम्पादन गर्दा सम्बन्धित कानून तथा विभागीय निर्देशनको पालना गरी कार्य गर्नुपर्नेमा पालना भएको अवस्था नदेखिने । कर्मचारीले आफूले सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्दा कानूनबमोजिम सम्पादन गर्नुपर्ने हुँदा मन्त्रीको तोकको आधारमा कार्य गरेको भन्ने आधारमा मात्र कर्मचारीलाई निजले गरेको कसुरजन्य कार्यबाट उन्मुक्ति दिन मिल्ने पनि नदेखिने । तोक आदेशअनुसार कार्य गरेको भनी प्रतिवादीले गरेको गैरकानूनी कार्यले कानूनी मान्यता पाउन सक्दैन । धेरै लामो समय अगाडि लिलाम भएको पुरानो गाडीको दर्ता नामसारी त्यति लामो समयसम्म हुन नसक्नुको कारण के हो र यति लामो समयसम्म थन्किएर रहेका यान्त्रिक साधनहरू के कसरी सञ्चालन हुन सक्छन भन्ने जस्ता सामान्य जानकारीको विषय वस्तुलाई बेवास्ता गर्नु बाट पुनरावेदक प्रतिवादीहरूको बद्‌नियत रहेको तथ्य स्थापित हुन आउने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9820
मुद्दाको विषयअख्तियार दुरूपयोग गरी भ्रष्टाचार गरेको ।
निर्णय वर्ष / मिति2073/11/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको मिति २०७१ | माननीय न्यायाधीश श्री दीपकराज जोशीको मिति २०७१ | माननीय न्यायाधीश श्री दीपकराज जोशीको राय सदर होस् भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री दीपकराज जोशी बाट व्यक्त राय सदर हुनुपर्दछ भन्ने बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री दीपकराज जोशीको राय सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री दीपकराज जोशी को राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायबाट व्यक्त राय तथा विशेष अदालत | माननीय न्यायाधीश श्री दीपकराज जोशीबाट व्यक्त रायको सन्दर्भमा विशेष अदालतबाट भएको फैसला मिलेको छ
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9820
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्