नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9818 · वि.सं. २०७४
नि.नं. 9818 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
नागरिकताको प्रमाण पत्र भनेको राज्यले नागरिक भएको आधारमा दिइने पहिचानको दस्तावेज हो । नागरिकताले राज्य र नागरिकको सम्बन्धलाई जोडने कार्य गरी त्यस्तो सम्बन्धको प्रमाणित गर्ने हुँदा केवल नागरिकताको प्रमाण नाता कायम गर्ने दस्तावेज हुन सक्तैन । नागरिकतामा कसैको बाबुको नाम मात्र उल्लेख भएको आधारमा कसैलाई विवाहित वा अविवाहित भनी छुटयाउने आधार हुन नसक्ने । वादी विष्णुकुमारीको नागरिकता निकाल्ने क्रममा सोको लागि भर्नुपर्ने फारम निज आफैँले भरिदिएको भन्ने कुरालाई स्वीकार गरेको देखिएको छ । निजले तत्पश्चात वादीको नाममा नागरिकता निकाल्न इन्कार गरेको अवस्थामा वादीले राज्यबाट प्राप्त हुने सुविधा र लाभका लागि पनि नागरिकता आवश्यक हुने अवस्थामा आफ्नो पिताको सहयोगमा नागरिकता लिने कुरा स्वभाविक नै हुन जान्छ । त्यसका अतिरिक्त बाबुको नामबाट नागरिकता लिएकै आधारमा कुनै महिला विवाहित वा अविवाहित छुट्याउने आधार हुन नसक्ने र उक्त नागरिकतामा विवाहित भनी उल्लेख नभएकै आधारमा कुनै महिला अविवाहित रहेको भनी मान्न नमिल्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9818 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2073/12/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार बटाजु |
| मुद्दा नं. | ०६६-CI-०३८४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9818 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
