नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9817 · वि.सं. २०७४

नि.नं. 9817 — भ्रष्‍टाचार (नक्‍कली प्रमाण पत्र)

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादित प्रमाण पत्र पेस गरेको कुरालाई प्रतिवादीले अनुसन्धान एवं अदालतसमक्ष स्वीकारी बयान गरेको अवस्थामा सो प्रमाण पत्र झुठ्ठा देखिएपछि प्रतिवादीले आरोपित कसुर गरेको होइन भनी भन्‍न मिलेन । मुद्दाको जरियामा उठेको विवादको निरूपण सोही बिन्दुमा समाप्त हुने गरी अदालतले निर्णय दिनुपर्ने । (प्रकरण नं. ८) लोक सेवा आयोगको दरखास्त फाराममा आफूले तल्लो तहको शैक्षिक योग्यता उल्लेख गर्नुपर्ने महलमा झुट्ठा प्रमाण पत्र नै उल्लेख गरिरहेका प्रतिवादीले उक्त ओहदा वा पद प्राप्त गर्नका लागि पेस गरेका हैनन्, थिएनन् भनी मान्‍नु र सो प्रमाण पत्रको आधारमा नोकरीमा प्रवेश गरेको होइनन् थिएनन् भन्‍नु मनासिब नदेखिने । (प्रकरण नं. ८) प्रतिवादीले पेस गरेको विवादित शैक्षिक योग्यताको प्रमाण पत्र लोक सेवा आयोगको परीक्षामा सामेल हुन भरिने दरखास्त फाराममा उल्लेख गरेको अवस्था परिस्थितिबाट निजले सो सरहकै वा सो भन्दा माथिल्लो अन्य शैक्षिक योग्यता प्राप्त गरेका छन् भन्‍ने आधारमा सो प्रमाण पत्र प्रयोगहीन छ भन्‍ने मानी भइसकेको र गरिसकेको कसुरबाट छुटकारा दिन नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9817
मुद्दाको विषयभ्रष्‍टाचार (नक्‍कली प्रमाण पत्र)
निर्णय वर्ष / मिति2073/11/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०६६-CR-००५० | ०६५-CF-००२४
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9817
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्