नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9815 · वि.सं. २०७४

नि.नं. 9815 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

नियुक्त हुन योग्यता पुग्ने शिक्षकहरूको वृत्ति विकासलाई नै अवरूद्ध हुने गरी लामो अवधिसम्म पद रिक्त राखी अस्थायी शिक्षकलाई निमित्त दिई कार्य सञ्चालन गरी रहनु वाञ्‍छनीय नहुने । कानूनको परिपालना नगरी कानूनले दिएको छुट वा सुविधालाई निश्चित स्वार्थ पूर्तिका लागि प्रयोग गर्नु भनेको कानूनकै उल्लङ्घन गर्नु हो । कानूनले दिएको सुविधा उपयोगको अवस्था कानूनको पूर्ण पालनाबाट मात्र स्वीकार्य हुने । (प्रकरण नं. ५) स्थायी शिक्षक भइरहेको अवस्थामा अस्थायी शिक्षकलाई विद्यालयको प्रधानाध्यापक जस्तो महत्त्वपूर्ण पदमा कार्य गरिरहन दिनु शिक्षा नियमावलीको उल्लिखित व्यवस्था र प्रधानाध्यापकको काम, कर्तव्य र अधिकारलाई अनदेखा गरेको हुन्छ । रिट निवेदक निज अस्थायी शिक्षक लेखनाथ सुवेदी भन्दा वरिष्ठ र स्थायी पदमा नियुक्ति भइरहेको भन्‍ने देखिन्छ । लामो समयसम्म अस्थायी शिक्षकलाई महत्त्वपूर्ण जिम्मेवारी दिन सक्ने स्वविवेकीय अधिकार व्यवस्थापन समितिलाई शिक्षा नियमावलीले दिएको नपाइने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9815
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/12/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
मुद्दा नं.०७०-CI-०५१५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9815
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्