नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9810 · वि.सं. २०७४
नि.नं. 9810 — बहुविवाह ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
लोग्ने र सौतासँगै बसी निजहरूको वैवाहिक सम्बन्धलाई स्वीकार गर्ने र आफ्ना विरूद्धको अपराध स्वीकार गर्ने यी जाहेरवालीले तत्काल कहिँकतै उजुर बाजुर नगरी लामो अन्तरालपश्चात् आफूलाई मन लागेको बखत उजुर गर्न पाउने भन्न मिल्दैन । यस्तो स्थितिमा हदम्यादसम्बन्धी कानूनको उद्देश्य र आवश्यकतातर्फ विचार गर्नु पनि जरूरी देखिने । कुन काम वा क्रियालाई फौजदारी कानून भनी मान्नुपर्ने हो, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने हो र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरी सक्नुपर्ने हो भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने कुरा हुन् । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने कुरा हो । यी सबै विधायिकी कार्यक्षेत्र (Legislative Function) भित्रका कुरा हुन् । तर ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागू गर्नुपर्ने । बहुविवाहको क्रियालाई विहावारीको ऐनले दण्डनीय फौजदारी कानूनको रूपमा परिभाषित गरी सो सम्बन्धमा अभियोग दाबी गर्ने वा मुद्दा गर्ने समयावधिको सीमा पनि सोही महलको ११ नं. ले निर्धारित गरेको छ । अर्थात् बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेको छ । यसमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा विधायकिय मनसायविपरीत असीमित वा खुल्ला हदम्यादको रूपमा परिणत वा परिभाषित गर्न नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9810 |
|---|---|
| मुद्दाको विषय | बहुविवाह । |
| निर्णय वर्ष / मिति | 2073/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल | माननीय न्यायाधीश श्री गोपाल पराजुली |
| मुद्दा नं. | ०७०-CR-०२९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9810 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
