नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9809 · वि.सं. २०७४

नि.नं. 9809 — करारबमोजिमको सेयर नामसारी दाखेल खारेज गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कम्पनी भन्नु र कम्पनीका सेयरहोल्डर भन्नु सिद्धान्ततः नितान्त फरक विषय हो । संगठित संस्थाको सिद्धान्त, सीमित दायित्वको सिद्धान्त एवं स्वतन्त्र कानूनी व्यक्तित्वको सिद्धान्तअनुसार कम्पनी, यसका सेयरहोल्डर तथा सञ्चालक वा संस्थापक भन्नु बेग्लाबेग्लै विषय हुन् । नेपालको कम्पनी ऐन, २०६३ ले समेत उक्त सिद्धान्तहरूको अनुशरण गरेको पाइन्छ । कम्पनीको तर्फबाट कसैसित सम्झौता वा करार गरिएमा त्यसबाट उत्पन्न हुने दायित्वमा कम्पनी जिम्मेवार हुने हो, सेयरहोल्डर वा सञ्चालकले गरेका व्यक्तिगत सम्झौता वा दायित्वको बारेमा कम्पनीलाई जिम्मेवार बनाउन नमिल्ने । (प्रकरण नं. ३) कम्पनीको सेयरका साथै अन्य चलअचल सम्पत्तिसमेत स्वतः निवेदकको नाउँमा आउनुपर्ने भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा कम्पनीको सेयर, डिवेन्चर भन्नु र अन्य सम्पत्ति भन्नु एउटै विषय होइन । सेयर, डिवेन्चर भनेको त्यो होल्ड गर्नेले आफ्नो निजी सम्पत्तिसरह कानूनबमोजिमको प्रक्रिया पूरा गरी बेचबिखन हकहस्तान्तरण गर्न पाउने विषय हो तर कम्पनीको नाउँमा रहेको अन्य चलअचल सम्पत्ति कम्पनी स्वयम्‌ले बाहेक सेयरहोल्डरले आफूखुशी बेचबिखन हक हस्तान्तरण गर्न सक्ने अवस्था नै नरहने । (प्रकरण नं. ५) व्यक्तिका नाममा रहेका कम्पनीका सेयर भनेका व्यक्तिगत सम्पत्ति हुन् । यस्तो सम्पत्तिलाई कानूनको प्रक्रिया पूरा गरी भोग गर्न, दानदातव्य दिन, धितो राख्‍न वा बेचबिखन हक हस्तान्तरण गर्न पाउने नै हुन जाने । निजी तवरमा खरिद बिक्री हुने उक्त कम्पनीका सेयरहरू सम्झौताअनुसार करारका पक्षहरूले पूरा गरे गरेनन् भन्ने सम्बन्धमा कम्पनीलाई जिम्मेवार बनाउन मिल्ने पनि नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9809
मुद्दाको विषयकरारबमोजिमको सेयर नामसारी दाखेल खारेज गरिपाउँ
निर्णय वर्ष / मिति2073/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री विनोद मोहन आचार्य | माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री मीरा खड्का
मुद्दा नं.०६७-CI-०३३३
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9809
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्