नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9808 · वि.सं. २०७४

नि.नं. 9808 — दर्ता फारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादी तथा प्रतिवादी दिदी भाइ नाताको भएको र संयुक्त नाममा रहेको कि.नं. ७१ जग्गा सगोलको भएकोले अन्य अंशियारमा समेत अंश लाग्नु पर्छ भनी प्रतिवाद गरेको देखिएकोमा अंश भाग पाउनको लागि कानूनबमोजिमको अंशियार नाताभित्रको पर्नैपर्ने हुन्छ । प्रतिवादीको प्रतिउत्तर लेखबाटै समेत पनि २०२८ सालभन्दा पहिले नै वादीको विवाह भइसकेको र २०२८ सालमा सम्बन्ध विच्‍छेद गरेको भन्‍ने देखिएकोले वादी र प्रतिवादी अंशियार नाताभित्रका पर्छन् भनेर भन्‍न सकिने अवस्था पनि रहेन । प्रस्तुत पृष्ठभूमिमा संयुक्त दर्ताको जग्गाको हक स्वामित्वका सम्बन्धमा प्रमाण ऐन २०३१ को दफा ६(क) मा उल्लिखित एकाघर सँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्‍ने कानूनी व्यवस्था प्रस्तुत विवादमा आकार्षित हुने अवस्था नरहने । (प्रकरण नं. ३) विवादित जग्गा वादी र प्रतिवादी दुई जनाको नाउँमा दर्ता रहेको र निजहरूले नै भोग चलन गरी आएको भन्‍ने स्थापित तथ्य देखिएको तथा वादी र प्रतिवादी अंशियारभित्रको नरहेको अवस्थामा वादी र प्रतिवादीको बराबर हक लाग्ने भई विवादित कि.नं. ७१ को जग्गाबाट वादीले आधी दर्ता फारी लिन पाउने नै देखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9808
मुद्दाको विषयदर्ता फारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2073/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिपकराज जोशी | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेलपुनरावेदन तहमा फैसला गर्नेः
मुद्दा नं.०७१-CI-०२५४
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9808
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्