नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9807 · वि.सं. २०७४
नि.नं. 9807 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसैको हक अधिकारमा असर पुग्ने अधिकारीले निजउपर निर्णय गर्दा सो निर्णय गर्ने क्षेत्राधिकार छ, छैन भनी प्रारम्भिकरूपमै विचार पुर्याउनु पर्दछ । कानूनले क्षेत्राधिकार नै प्रदान नगरेको विषयमा गरिएको निर्णय कानूनसम्मत र वैधानिक निर्णय हुन सक्दैन । त्यस्तो क्षेत्राधिकारविहीन निर्णयले कानूनी मान्यतासमेत प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ६) उत्प्रेषणको आदेश कुनै न्यायिक र अर्धन्यायिक निकाय तथा सो निकायमा कार्य गर्ने सार्वजनिक पदाधिकारीहरूले क्षेत्राधिकारविहीन (Abseance of Jurisdiction) निर्णय गरेमा, क्षेत्राधिकारको दुरूपयोग गरी (Obuse of Jurisdiction) निर्णय गरिएमा र क्षेत्राधिकार नाघी (Excess of Jurisdiction) निर्णय गरेको देखिएमा जारी हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9807 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2073/07/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७१-WO-०३०० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9807 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
