नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9800 · वि.सं. २०७४
नि.नं. 9800 — हाडनाता जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
विभिन्न कलममा भएको कैद गणना गर्दा २० वर्ष वा सो भन्दा बढी हुनु र जन्मकैदको सजाय हुने ठहर हुनु एउटै कुरा होइन । खण्ड कायम गरी कैद गर्नु पर्दा वा जन्मकैद बापत कैद ठेक्नु पर्दा अपनाउने मापदण्डको रूपमा सम्म जन्मकैद बापत २० वर्ष कैद हुने भन्ने व्यवस्था गरिएको देखिन्छ । विभिन्न कलमको कैद गणना गर्दा २० वर्ष हुने भयो भन्ने कुरालाई नै जन्मकैद भन्नु तार्किक दृष्टिकोण नहुने । प्रचलित नेपाल कानूनले सबैभन्दा बढी कैद तोक्नु पर्ने गम्भीर प्रकृतिको कसुरका लागि जन्मकैद हुने व्यवस्था गरेको देखिन्छ । यो एउटा कसुरमा हुने सजायको व्यवस्था हो । फरक फरक कसुरमा भएको सजाय अवधि गणना गर्दा २० वर्ष वा सो भन्दा बढी कैद हुने अवधि देखिँदैमा त्यसलाई जन्मकैदको सजाय भन्न नमिल्ने । प्रतिवादीलाई जबरजस्ती करणी महलको ३(१) नं. ले १० वर्ष र हाडनाता करणीको महलको १ नं. ले थप १० वर्ष कैद गरेको अवस्था छ । यस अवस्थामा पुनरावेदनको माध्यमबाट नै इन्साफ परीक्षण हुन सक्तछ । तर प्रतिवादीले सुरू फैसला उपर पनि पुनरावेदन गरेको नदेखिई पुनरावेदन अदालतले साधकको रोहमा सुनुवाई गरेको पाइयो । यसपछि पुनः साधक जाहेर गरी यस अदालतमा पठाएको देखियो । यसरी पुनरावेदन अदालतको फैसला उपर साधक जाहेर गरी रहनु पर्ने र साधकको रोहबाट हेर्न मिल्ने देखिँदैन । यस विषयमा सम्बन्धित पक्ष (प्रतिवादी)ले नै पुनरावेदन गरेको हुन आवश्यक थियो । तर त्यसो गरेको पाइएन । तसर्थ प्रस्तुत मुद्दा साधकको रोहमा हेर्न नमिल्ने भएको र सम्बन्धित पक्षको पुनरावेदनसमेत परेको नदेखिँदा मुद्दाको तथ्यमा प्रवेश गरी ईन्साफ गर्न नमिल्ने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9800 |
|---|---|
| मुद्दाको विषय | हाडनाता जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2074/01/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल |
| मुद्दा नं. | ०७३-RC-००२७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9800 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
