नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9799 · वि.सं. २०७४
नि.नं. 9799 — निर्णय दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
फैसलाअनुसार भएको कार्यान्वयनको कार्यले फैसलालाई विस्थापित गर्न परिवर्तन गर्न सक्तैन, मिल्दैन । फैसलाअनुसार भएको कार्यान्वयनले फैसलाको मूल ठहर खण्डलाई संशोधन गर्न पनि नसक्ने । फैसलाको ठहर खण्ड यथावत् रहिरहने तर सो फैसलाबमोजिम कार्यान्वयन भएको कार्य बदर हुने हो भने त्यस्तो कार्यान्वयनले फैसलालाई नै परिवर्तन गर्न पुग्दछ जुन हाम्रो न्यायिक पद्दति प्रणालीविपरीत हुने हुन्छ । अतः अन्तिम भई रहेको फैसला कहीँकतैबाट बदर हुन नसकेको स्थितिमा सो फैसलाअनुसार भएको कार्यान्वयनको पाटोलाई मात्र बदर गर्न सैद्धान्तिकरूपबाट नै मिल्ने नदेखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9799 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2073/11/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०६५-CI-०१८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9799 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
