नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9791 · वि.सं. २०७४
नि.नं. 9791 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदक प्रतिवादीहरूसमेत मिली बोक्सीको आरोपमा चरम र निर्मम यातना दिएका छन् । ह्यामर, काँटी, लाठी, कैँची जस्ता हतियार तथा लाठी, लात, मुक्काको प्रयोग गरी यातना दिने कार्य भएको छ । सिस्नु लगाइएको छ, कपाल खौरिएको छ, मानव मलमूत्र खुवाइएको एवं शरीरभरी दलिएको छ । मानवलाई दिने निकृष्ठ र पशुवत यातना यो भन्दा अरू के हुनसक्छ ? सामान्य मानिसको समझ (reasonable person test) बाट हेर्दा यस्तो चरम यातना दिँदा यातना पाउनेले सहन सक्दैन, उसको मृत्यु हुनसक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । रातैभरी एउटी महिलालाई सबै मिली कुटपिट यातना दिने कार्य गर्दा ज्यानसम्बन्धीको ५ नं.मा उल्लेख भएजस्तो आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था प्रस्तुत वारदातमा देखिन नआएको हुँदा भवितव्य कसुर कायम हुनुपर्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) कुनै पनि मानिसमाथि बोक्सीको आरोप लगाउने कार्य कानूनले निषिद्ध गरेको छ भने सो प्रकृतिको आरोप लगाई मानिसको कपाल काट्ने, मानव मलमूत्र खुवाउने, कुटपिट गर्ने, यातना, प्रताडित गर्ने जस्ता कार्य अमानवीयसमेत भएकोमा दुईमत हुन सक्दैन । मानव समाजमा अन्धविश्वासको रूपमा रहेको बोक्सा बोक्सी जस्तो मान्यता निर्मूल गर्न कानून बनाएर मात्र प्रयाप्त हुँदैन । यस्तो क्रियाकलाप विरूद्ध कडा दण्ड नीतिसमेत अपनाउन आवश्यक रहेकोले सोहीअनुरूप कठोर सजाय पनि गर्न आवश्यक हुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9791 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री टेक नारायण कुँवर | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बम कुमार श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9791 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
