नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9789 · वि.सं. २०७४

नि.नं. 9789 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको पदपूर्ति कार्यविधि निर्देशिका, २०६६ को कानूनी व्यवस्था हेर्दा उम्मेदवारहरूको आफन्त पदपूर्ति समितिमा रहेकै आधारमा निजका सन्ततिहरू प्रतिस्पर्धामा भाग लिन नपाउने गरी रोक लगाएको पाइँदैन । विपक्षी प्राधिकरण सार्वजनिक निकाय हो । सार्वजनिक निकायले कर्मचारी नियुक्ति गर्दा सम्बन्धित कानूनको अनुशरण गरी उम्मेदवारहरू बीच प्रतिस्पर्धा गराई योग्यतम उम्मेदवार चयन गर्नु नै पर्छ । यसमा कसैले विमति राख्नु हुँदैन । तर, उम्मेदवारको आफन्त विज्ञापित संस्थाको सेवामा रहेको कारणले मात्र निजसँग नाता जोडिएका व्यक्ति प्रतिस्पर्धामा समावेश हुन नै पाउँदैन भन्न उचित हुँदैन । बिना ठोस आधार कारण प्रतिस्पर्धा गर्नबाट वञ्चित गरिएमा नागरिकको हैसियतले पेसा रोजगार गर्न पाउने नागरिकको संवैधानिक र कानूनी मौलिक हकमा गम्भीर आघात पर्न जाने । (प्रकरण नं.५) कुनै पदपूर्ति समितिमा आफ्नो नाता पर्ने व्यक्ति रहेको अवस्थामा त्यस्तो पदपूर्ति समितिबाट लिइएको परीक्षा दूषित हुन सक्छ । तर प्रस्तुत मुद्दाको तथ्यमा हेर्दा निवेदकका पिताले परीक्षाको गोप्य प्रक्रियामा संलग्न हुने छैन भनी निर्णय गराई निजले सो निर्णयलाई स्वीकार गरी परीक्षाको गोप्य प्रक्रियामा संलग्न नभएको स्पष्ट देखिँदा देखिँदै यी निवेदिकाहरूका हकमा परीक्षा प्रणालीबाट च्यूत गर्ने विपक्षी प्राधिकरण पदपूर्ति समितिको निर्णय कानूनसम्मतको हो भन्ने देखिँदैन । जुन निर्णयमा आधार र कारणहरू खोलिएको हुँदैन विधि शास्त्रीय मान्यताको आधारमा त्यस्ता निर्णय न्याय र कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9789
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
मुद्दा नं.०७३-WO-०८६३
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9789
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्