नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9785 · वि.सं. २०७४
नि.नं. 9785 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि संगठन सुव्यवस्थितरूपमा सञ्चालन हुनका लागि त्यस संस्थासँग आवद्ध पदाधिकारीहरूमा अनुशासन, कर्तव्यपरायणता र जवाफदेहिता आवश्यक हुन्छ । आफ्नो सेवा सर्तसम्बन्धी ऐन, नियम, विनियम, आचार संहिता जस्ता कुराहरूको पूर्ण परिपालना गरी उच्च नैतिक चरित्र अनुशरण गर्नु वाञ्छनीय हुन्छ । सार्वजनिक जीवनमा कानून परायणता सदैव अपेक्षित रहन्छ । यस प्रकारका मूल्य मान्यताबाट निर्देशित हुन सकेन भने कुनै पनि सार्वजनिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो घोषित उद्देश्य पूरा गर्न सक्तैन । यिनै कुराहरूलाई सुनिश्चित गर्न र सार्वजनिक सेवा प्रदान गर्ने कार्यलाई अनवरतरूपमा तथा स्तरीय तवरबाट सञ्चालन गर्न संस्थामा आवद्ध कर्मचारीहरूको सेवाका सर्तहरू व्यवस्थित गरिन्छन् । सेवाका सर्तहरूको पालना गर्नु सम्बन्धित सबै कर्मचारीहरूको कर्तव्य बन्दछ । निर्धारित सेवाका सर्तहरूको उल्लङ्घन भएको अवस्थामा ऐन, नियम वा विनियमद्वारा निर्धारित सजाय गर्नु वाञ्छनीय हुन जाने । (प्रकरण नं. ६) वस्तुतः बिदा अधिकारको कुरा होइन, यो केवल सुविधाको कुरा मात्र हो । संस्था सुव्यवस्थितरूपमा सञ्चालन हुने स्थिति सुनिश्चित गरी आवश्यकता र उपर्युक्तताको आधारमा मनासिब तजबिजको प्रयोग गरी बिदा प्रदान गरिन्छ । बिदा माग गरेको छ भन्ने आधारमा नै स्वतः बिदा स्वीकृत हुने विषय नहुने । (प्रकरण नं. ७) बर्खास्त गर्ने निर्णय गर्दा सुनुवाइको अवसर प्रदान गर्नेलगायतका समुचित विधिसम्मत प्रक्रिया अपनाइएको देखिन्छ । यस अवस्थामा विभागीय सजाय दिन सक्ने अधिकारीले विनियमावलीबमोजिमको अख्तियार प्रयोग गरी विधिसम्मतरूपमा निर्णय गरेको कुरालाई अन्यथा ठान्नु मनासिब नहुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9785 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा |
| मुद्दा नं. | ०६६-WO-०३५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9785 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
