नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9782 · वि.सं. २०७४
नि.नं. 9782 — करारबमोजिम दायित्व पूरा गराई पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
बाबुको शेषपछि बाँकी रहेको सम्पत्ति आफ्ना दुवै छोराहरूले बराबरी बाँडी लिन पाउने भन्ने शब्दावली प्रयुक्त भएको अवस्थामा बाबुको अंश भागमा परेको अचल सम्पत्ति बाबुले हक हस्तान्तरण नै गर्न पाउँदैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३) एक पटक विधिवत् अदालतबाट अंशको रूपमा प्राप्त गरिसकेको सम्पत्तिलाई घरसारमा अर्कैरूपमा परिभाषित गर्दैमा त्यस्तो घरायसी परिभाषाभित्र अचल सम्पत्ति पाउने र जानसक्ने अवस्था हुँदैन । अंशबन्डाको मिलापत्रलाई करारको कागजले विस्थापित गर्न नसक्ने । अदालतबाट अंशको रूपमा प्राप्त गरेको अचल सम्पत्तिको हक हस्तान्तरणसमेतलाई रोक लगाउने गरी घरसारमा करार भएमा पनि सोको कुनै कानूनी मान्यता हुँदैन त्यस्तो कागज शून्य अवस्थाको हुन जाने । (प्रकरण नं. ६) ऐन कानूनमा स्पष्ट उल्लेख भएको कुरामा सोही ऐन कानूनबमोजिमको अक्षरश: पालना गर्नुपर्ने हुन्छ । ऐन कानूनमा उल्लेख हुँदाहुँदै सोलाई नमानी आफ्नो स्वइच्छाले मनोमानीपूर्वक हक हस्तान्तरण गर्दा रजिस्ट्रेसन नै गर्नुपर्ने कागजलाई रजिस्ट्रेसन नगरी कानूनविपरीत घरायसीमा गरेको कागजलाई कानूनी मान्यता दिन मिल्ने अवस्था देखिएन । प्रतिवादीको नाममा रहेको अचल सम्पत्तिको हक हस्तान्तरण नै अवरूद्ध हुने गरी वादी प्रतिवादीहरू बीच करार भएको रहेछ र त्यस्तो करार भनिएको कबुलियतनामाले अचल सम्पत्तिको हस्तान्तरणलाई नै अवरूद्ध गर्दछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9782 |
|---|---|
| मुद्दाको विषय | करारबमोजिम दायित्व पूरा गराई पाउँ । |
| निर्णय वर्ष / मिति | 2073/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री रमेश पोखरेल |
| मुद्दा नं. | ०६७-CI-००६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9782 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
