नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9779 · वि.सं. २०७४

नि.नं. 9779 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाधनीको जग्गा कमाएबापत प्राप्त हुने मोहियानी हक कानूनबमोजिम निष्काशन वा मोही लगत कट्टा नभएसम्म स्वतः समाप्त हुने देखिँदैन । मोही हक कानूनी हक भएको हुँदा कानूनबमोजिम मात्र समाप्त हुनेहुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ दफा २९ ले मोही हक समाप्त हुने निश्चित आधार तोकेको देखिन्छ । कानूनले निश्चित गरेको उक्त व्यवस्थाविपरीत मोहीहक समाप्त हुने भन्न नमिल्ने । (प्रकरण नं. ३) भूमिसम्बन्धी ऐन, २०२१ दफा २६(१) अनुरूप मोहीका हकदारका नाममा मोही नामसारी गर्नुपर्ने निश्चित हदम्याद तोकेको देखिँदैन । ऐनले मोहियानी नामसारी गर्नलाई कुनै हदम्यादको व्यवस्था गरेको नदेखिँदा मोहीका हकदारले जहिलेसुकै नामसारी गराई लिन सक्ने देखिने । साबिक मोही बाबुराम दमाईको नामको मोहियानी हक निजको शेषपछि हकखाने छोरा सानु दमाईका नाममा सर्न आउनेमा कुनै कानूनी अड्चन नरहेको अवस्थामा नै मोहियानीहक बुहारीका नाममा समेत नामसारी हुनसक्ने कानूनी प्रावधान लागू भएको हुँदा वादीको पतिले आफ्नो जीवनकालमा आफ्नो नाममा मोही नामसारी नगराएकै आधारमा निजलाई प्राप्त हुने मोही हक स्वतः समाप्त भएको भन्न नमिल्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9779
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2073/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल | माननीय न्यायाधीश श्री सत्यराज गुरूङ
मुद्दा नं.०६९-CI-०५३०
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्