नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9777 · वि.सं. २०७४

नि.नं. 9777 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सरकारी कर्मचारीले चिनेर म्याद बुझाएको अवस्थामा बाहेक म्याद तामेल गर्दा स्थानीय निकायको प्रतिनिधि र दुई जना स्थानीय भलाद्‌मी रोहवरमा राख्नु पर्ने कानूनी व्यवस्था रहेको देखियो । यो म्याद तामेली प्रक्रियामा अवलम्बन हुने स्वेच्छिक व्यवस्था नभई बाध्यात्मकरूपमा पूरा गर्नुपर्ने कार्यविधिगत कानूनी प्रश्न रहेको कुरा म्याद तामेल सम्बन्धमा रोहवरमा राख्नेसम्बन्धी मुलुकी ऐन, अदालत बन्दोबस्तको ११० नं. को उक्त कानूनी व्यवस्थामा “र” भन्ने शब्दावलीको प्रयोगबाट स्पष्ट हुन आउने । (प्रकरण नं. ६) तामेली म्यादमा दुई जना स्थानीय व्यक्तिको उपस्थिति परे पनि मुलुकी ऐन, अ.बं.११० नं. को म्याद तामेलीसम्बन्धी कानूनी व्यवस्थाअनुसार सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सदस्य वा सचिवलाई समेत अनिवार्यरूपमा रोहवरमा राख्नु पर्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9777
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/04/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०७२-WO-१११२
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9777
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्