नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9771 · वि.सं. २०७४
नि.नं. 9771 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिति २०७१।३।३१ मा निवदेकको न्यूनतम भनिएको बोलपत्रलाई स्वीकार नगरी निवेदक भन्दा बढी रकम उल्लेख गर्ने अन्य बोलपत्र दातासँग सम्झौता गर्ने आशयको सार्वजनिक सूचना मिति २०७१।३।३१ मा जारी भएको उपर यी निवेदकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ बमोजिम सार्वजनिक निकायको प्रमुखसमक्ष निवदेन दिएको पनि देखिँदैन । त्रिभुवन विश्वविद्यालयबाट कालो सूचीमा राख्ने भनी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने प्रयोजनको लागि गरेको निर्णयलाई कालो सूची भई राखेको समेत अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ३) अदालतसमक्ष न्याय माग गरी आउने हरेक पक्षले आफूले गरे बिराएको व्यहोरासमेत खुलाई तथ्य उजागर गरी सो तथ्यहरू बीच आफ्नो कानूनी अधिकारको संरक्षणको माग गर्नुपर्ने हुन्छ । निवेदकले पेस गरेका कर चुक्तासम्बन्धी प्रमाण कागजमा अंक थप भएको तथ्य आफैँले त्रिभुवन विश्वविद्यालयसमक्ष पेस गरेको मिति २०७१।२।१ को पत्र पत्रबाट प्रस्ट हुन्छ, उक्त गलत कागजातको दोष राजस्व कार्यालयमाथि थोपर्ने प्रयत्न गर्न मिल्ने हुँदैन । आफूले प्रचलित कानूनबमोजिम आह्वान गरिएको बोलपत्रमा उल्लेख गरेको विवरण र पेस गरेको कागजातको आधिकारिकताको जिम्मेवारी आफैँले लिनुपर्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9771 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2073/05/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई |
| मुद्दा नं. | ०७१-WO-०३४४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9771 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
