नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9769 · वि.सं. २०७४

नि.नं. 9769 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि विवाद निरूपण गर्दा आरोपित व्यक्तिलाई दोषी करार गर्नुभन्दा पहिला निज विरूद्ध लागेको आरोप सम्बन्धमा खण्डन गर्न पाउने निजको नैसर्गिक अधिकार हो । त्यस्तो अधिकारको सुनिश्चित्ता प्रदान गर्ने न्यायको मान्य सिद्धान्तको रूपमा प्राकृतिक न्यायको सिद्धान्तको पालना गर्नुपर्ने विषयमा विवाद गर्न सकिँदैन । निवेदकलाई नोकरीबाट हटाउने जस्तो गम्भिर विषयमा निर्णय लिनुभन्दा पहिला निजलाई सफाइ पेस गर्ने मौका प्रदान नगरेमा न्यायमा जनताको पहुँच कायम हुन नसक्ने र तजबिजी अधिकारको दुरूपयोग बढ्न गई कानूनको शासन कमजोर हुन पुग्ने हुन्छ । कानूनले नै अपवादात्मक अवस्थाको व्यवस्था गरेकोमा बाहेक सामान्यरूपमा सफाइको मौका दिनुपर्ने । सफाइको मौका प्रदान गर्न मनासिब नभएमा सफाइको मौका नदिए पनि हुने भनी गरेको व्यवस्थाले सफाइको मौकाको प्राकृतिक न्यायको सिद्धान्तलाई नै प्रतिस्थापित गरेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ४) सेवा संवेदनशील हुने तर सेवा दिने व्यक्तिको गम्भिर अवस्था असंवेदनशील हुने कुरा मान्न मिल्ने देखिँदैन । एकातिर सुनुवाइबाट वञ्चित गर्नु र अर्कोतिर कारवाहीउपर पुनरावेदन दिने व्यक्तिको अधिकार भएकोमा पुनरावेदनको दौरानमा निवेदकबाट पेस गरिएका प्रमाणको कुनै विवेचना नगर्नु उचित कानूनी कार्यविधि (due process) को विपरीत देखिन्छ । निर्णय पर्चामा उल्लिखित आधारहरू मनासिब छन् वा छैन निर्णयकर्ताले न्यायिक विवेकको साथमा हेर्नुपर्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9769
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०६६-WO-०५६६ | ०६५-WF-००१३
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9769
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्