नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9761 · वि.सं. २०७४
नि.नं. 9761 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृतकको टाउकोमा सबैभन्दा ठूलो चोट परेकोले सो चोट मृत्युको मुख्य कारण देखिए तापनि यी प्रतिवादीहरूले छोडेका अन्य चोटहरू मृतकको शरीरमा देखिएको र सो चोटहरूको मृत्यु हुने घटनामा सहायक नहुने भन्ने देखिँदैन । अर्थात् कुटपिट गर्दा परेका सामूहिकमध्ये मुख्य चोट र सहायक चोटको एकीकृत परिणाम वा सहसम्बन्धात्मक प्रभाव (cumulative effect) का कारण मृतकको मृत्यु भएको देखिने । मृतकको शरीरमा रहेका धेरै घाउहरू मध्ये टाउको तथा अन्य शरीरमा भएका घाउहरू के कुन कसुरदारले हानेको भनी यकिन भएको छ र घाउहरू ठूला साना भएकोमा ठूलो र गम्भिर प्रकृतिका घाउहरू जसले मृतकको मरण कार्यलाई leading गरिरहेको छ साथै यो घाउको चोटले मानिस मरेको भनी विशेषज्ञद्वारा पुष्टि भएको र सो तथ्यलाई मिसिल संलग्न अन्य तथ्य एवं प्रमाणबाट अन्यथा देखिँदैन भने त्यस किसिमका leading injury को चोट छाड्ने अभियुक्त मुख्य अभियुक्त हो भनी छुट्टाउन कठिनाई नहुने । त्यस्तै चोट प्रहारमध्ये जुन leading injury को कारणले मर्ने कुरामा मुख्य भूमिका रहे पनि अन्य सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहसम्बन्धात्मक प्रभाव (correlated effect) रहने हुँदा त्यस्ता सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहायक तत्त्व हुँदैन भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9761 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/03/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम विष्ट | माननीय न्यायाधीश श्री प्रेम बहादुर के.सी. |
| मुद्दा नं. | ०६९-CR-०७२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9761 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
