नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9760 · वि.सं. २०७४

नि.नं. 9760 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष भेटी बुझाएको म्यादबाहेक म्याद वा सूचना पाउने सरोकारवाला व्यक्ति खोजतलास गर्दा फेला नपरेमा निजको घर, ढोका र भित्तामा समेत तामेल गरेको म्यादमा गा.वि.स./नगरपालिकाको प्रतिनिधिसमेत रोहवरमा राख्नुपर्ने मुलुकी ऐन, अ.बं. ११० नं. मा व्यवस्था रहेको देखिन्छ । कानूनमा भएको व्यवस्थाबमोजिम नभएको कार्यले कानूनी मान्यता पाउन सक्दैन । यस्तो अवस्थामा कसैको कानूनी हक सामान्य त्रुटिको कारण गुमेको देखिएमा त्यस्तो गुमेको कानूनी हक अदालतले प्रचलन गराउन आदेश जारी गर्न मिल्ने । (प्रकरण नं. ६) म्याद कानूनबमोजिम रीतपूर्वक तामेल भएको हुँदैन भने त्यस्तो तामेली म्यादको आधारमा भएको फैसलासमेतबाट प्राकृतिक न्यायको सिद्धान्त हनन् भएको मान्नुपर्ने अवस्था आउँछ । कुनै पनि व्यक्तिउपर चलेको मुद्दामा कानूनबमोजिम प्रतिवाद गर्न पाउने हकलाई हनन् गर्न मिल्दैन । आफूउपर लागेको अभियोगमा प्रतिवाद गर्न पाउने त्यस्तो कानूनी हक प्राकृतिक न्यायको सिद्धान्तमा आधारित हुने हुँदा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको काम कारवाहीले वैद्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9760
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०६९-CR-००५५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9760
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्