नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9755 · वि.सं. २०७४

नि.नं. 9755 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबापत चल र अचल सम्पत्ति पनि लिने पुनः अंश नभएको भन्ने जिकिर कानूनसम्मत मान्न मिल्दैन । लिखतमा उल्लेख व्यहोराको व्याख्या गर्दा कुनै शब्द वा वाक्यको मात्र आधारमा अर्थ निकाल्न मिल्दैन । समुच्चा लिखतमा उल्लेख व्यहोराको समष्टिगत अध्ययनबाट सोको निष्कर्ष निकाल्नु पर्छ र समुच्चा लिखतको अध्ययनबाट मानोसम्म छुट्टिएको अंश लिई नसकेको भन्ने निष्कर्ष निकाल्न नसकिने । (प्रकरण नं. ८) प्रत्यर्थीले मिलापत्र गरी छोरालाई दिएको घर जग्गामा यी वादी पुनरावेदकको नाममा धारा बत्ती जडान भएको छ, मर्मत संहार आफैँ गर्दै आएको छु भनी लिएको जिकिर ठोस एवं वस्तुनिष्ठ प्रमाणको अभावमा पुष्टि हुन सक्तैन । यसरी उक्त लिखतमा अंशबापत भनी लिखतको प्रयोजन खुलेको र छोडपत्र गरी दिनुस् भनी माग गरेको तथा छोडपत्र गरिदियौं भन्ने शब्द एवं वाक्य परेको स्थितिमा पुनरावेदक वादीले मिति २०३०।७।२० को र.नं. १५४९ को उक्त लिखतबाट आफूले पाउने अंशबापत जग्गा बुझिलिएको तथ्य स्थापित हुन आउने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9755
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2073/07/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.०७०-NF-००१६ | ०६६-CI-०१५४ | ०६६-CI-०१५५ | ०६६-CI-०१५६ | ०६६-CI-०३२२ | ०६६-CI-०३२१
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9755
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्