नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9750 · वि.सं. २०७४
नि.नं. 9750 — आगोलागी
सिद्धान्त / नजिर सार (Headnote Summary)
हाम्रो कानूनी व्यवस्थाले प्रतिद्वन्द्वात्मक (Adversarial model) न्याय प्रणालीको अवलम्बन गरेको छ । यस प्रणालीको प्रमुख विशेषता भनेको दाबी प्रमाणित गर्ने भार - कानूनले विशेष व्यवस्था गरेको केही कसुरमा बाहेक वादीमा रहेको हुन्छ र अदालतको भूमिका निष्पक्ष न्यायकर्ताको रूपमा रहनुपर्दछ । अदालतले पक्षको स्थान लिई प्रमाण बुझ्न अग्रसरता देखाउने हो भने वादीले कसुर प्रमाणित गर्ने भारबाट उन्मुक्ति पाउने । आगो लगाउने कार्य एक फौजदारी कसुर भएको अवस्थामा अदालतनै एक पक्ष जस्तो बनी मुद्दाको एक पक्ष वादीलाई सहयोग पुग्ने गरी सर्जमिन गर्ने कार्य आफैँमा खोटपूर्ण छ । सर्जमिन गरी मुचुल्का तयार गर्ने कार्यमा प्रतिवादीले प्रतिवाद गर्ने अवसर नपाउने र सर्जमिनका व्यक्तिलाई जिरह पनि गर्न नसक्ने भएकोले यस प्रमाणलाई फौजदारी मुद्दामा दोषमुक्त प्रमाणको रूपमा लिन नमिल्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9750 |
|---|---|
| मुद्दाको विषय | आगोलागी |
| निर्णय वर्ष / मिति | 2073/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०६८-CR-१०५७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9750 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
