नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9748 · वि.सं. २०७४
नि.नं. 9748 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
दाउरा जस्तो कडा वस्तुले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्ने कुरा जो सुकै सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिन्छ । प्रतिवादी पनि त्यस्तो जानकारी राख्न नसक्ने तथा सोको पूर्वानुमान गर्न नसक्ने अवस्थामा रहे भएको थिए भनी भन्न सकिने देखिँदैन । यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको पूर्व रिसइवी रही सो अनुसारको तयारी तथा योजना बनाएको नदेखिए पनि यस्तो परिणामको पूर्व जानकारी रहन सक्ने प्रशस्त अवस्था रहेको स्थितिमा गरेको कार्यलाई मनसाय नभएको मान्न सकिँदैन । यस्तो परिणामको पूर्व जानकारी भएको प्रमाणित हुने अवस्थाले नै तत्काल मात्र भए पनि यी प्रतिवादीमा मार्नेसम्मको मनसाय तत्त्वको सिर्जना भएको स्वतः प्रमाणित हुन जाने । (प्रकरण नं. ५) वारदात सांयोगिकरूपमा वा होस पुर्याई कुनै अरू कार्य गर्दा अकस्मात लाग्न गई भएको भए के काम सावधानीपूर्वक गर्दा कसरी अर्कोलाई लाग्न गएको हो भन्ने स्पष्ट देखिनुपर्ने हुन्छ । त्यस्तो कुनै अवस्था नदेखिई मृतकलाई रिसको आवेशमा टाउकैमा दुई चोटी हिर्काएको देखिएबाट भवितव्य ज्यानको कसुर मान्न सकिँदैन । त्यस्तै कुनै पनि कसुरजन्य कार्य प्रमाणित हुन सो कार्यको उद्देश्य के रहेको थियो भन्दा पनि कुनै कार्यको परिणाम के भयो अर्थात् कार्यबाट कसुरजन्य कार्य हुन गयो वा गएन भन्ने महत्त्वपूर्ण हुन जाने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9748 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/04/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री विश्वमङ्गल आत्रेय | माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई |
| मुद्दा नं. | ०७१-CR-०२९४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9748 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
