नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9747 · वि.सं. २०७४

नि.नं. 9747 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर्तव्य ज्यान मुद्दामा आपराधिक कार्य र मनसायको विद्यमानता जरूरी हुन्छ । प्रतिवादीको प्रहार गरेको चोटबाट मृतक महेन्द्रको मृत्यु भएकोले प्रतिवादीबाट प्रत्यक्षरूपमा आपराधिक कार्य भएको स्पष्ट छ । प्रतिवादीले पूर्व योजना र तयारीका साथ प्रस्तुत वारदात घटित गराएको नदेखिए तापनि एउटा साधारण समझ र मिजासको मानिसले खुकुरी जस्तो जोखिमी हतियारले जथाभावी प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सहजै बुझ्न सकिने विषय हो । तसर्थ, प्रतिवादीले मृतकउपर धारिलो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरेको कार्यले मनसाय तत्त्वलाई समेत अप्रत्यक्षरूपमा प्रकट गरेको मान्नुपर्ने । (प्रकरण नं. ५) अपराधीलाई सजाय गर्नुको उद्देश्य अपराधीबाट समाजको सुरक्षा गर्नु, भविष्यमा त्यस प्रकारका अपराध गर्न उन्मुख व्यक्तिलाई हतोत्साहित गराउनु, आफूले गरेको अपराधको प्रायश्चित गराई निजलाई सुधार गरी भोलि कानूनपरायण नागरिक बनाई समाजमा पुनर्स्थापित गर्नु र पीडित पक्षलाई सान्त्वना दिलाउनु हो । त्यसैले अपराधको प्रकृति, वारदात हुँदाको अवस्था र परिस्थिति पीडित पक्षले वारदातमा खेलेको भूमिका, पीडक अर्थात् कसुरदारले अपराध घटेपछि खेलेको भूमिका र घटनाप्रति आफूले गरेको प्रायश्चितसमेतलाई दृष्टिगत गरी अपराध र सजायमा सन्तुलन हुने गरी सजाय दिइनु र हुनुपर्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9747
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2073/01/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६७-RC-०१०२
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9747
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्