नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9743 · वि.सं. २०७४

नि.नं. 9743 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

विकास समिति विघटन गर्ने अवस्थामा रहे नरहेको निर्णय गर्ने नेपाल सरकारको अन्तर्निहित कानूनी अधिकार हो । सरकारले समयसमयमा आवश्यक्ता र उपयुक्तता हेरी गठन आदेश गठन विघटन गर्ने हो । सरकारको अघिल्लो आदेशबाट गठन गरेको चाहिँ ठीक र पछिल्लो निर्णयबाट गठनआदेश कायम नराख्ने गरेको निर्णय चाहिँ बेठीक हो भनी निवेदकले भन्न मिल्ने देखिँदैन । विकास समिति ऐनअनुसार गठन आदेश नेपाल सरकारबाट जारी हुने भएकाले गठन आदेश खारेज गर्ने अधिकारसमेत नेपाल सरकारमा रहन्छ । यसरी गठन आदेशको जारी गर्नुपर्ने र विघटन गर्नुपर्ने दुवैको औचित्य सरकारले नै हेर्ने हो । ट्रमा सेन्टर सरकार आफैँले सञ्चालन गर्ने कि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालन गर्ने भन्ने नितान्त कार्यकारीको स्वास्थ्यसम्बन्धी नीतिगत क्षेत्राधिकारको विषय रहेको देखिन्छ । सरकारद्वारा गरिएको नितिगत निर्णय स्वेच्छाचारी एवं संविधान र कानून प्रतिकूल भएमा अदालतबाट हस्तक्षेप गर्न सकिने भएपनि प्रस्तुत विषयमा मन्त्रिपरिषद्लाई निर्णय गर्नबाट रोक्न पर्ने कानूनी एवं तथ्यगत आधार कारणको विद्यमानता नदेखिने । (प्रकरण नं. ३) कुनै व्यक्तिको हकहित विरूद्ध निर्णय गरिन्छ भने त्यसरी निर्णय गर्नुपर्ने कारण आधार यथासमयमा जानकारी गराई प्रतिरक्षाको मौका प्रदान गरिन्छ । विकास समिति ऐन, २०१३ को दफा ८ मा गठन आदेश खारेज गर्दा सुनुवाइको मौका दिनुपर्ने बाध्यात्मक व्यवस्था रहेको देखिँदैन । साथै विकास समिति ऐनअन्तर्गत गठन आदेश जारी गर्ने वा खारेज गर्ने कार्यकारिणीको स्वतन्त्र अधिकार भएको हुँदा यसमा प्राकृतिक न्यायको सिद्धान्त आकर्षित हुने देखिँदैन । प्रस्तुत विषयमा निवेदकलाई चार वर्षको लागि नियुक्ति दिएको भन्ने आधारमा मात्रै समिति खारेज गर्दा सफाइको मौका दिनुपर्ने विषय पनि होइन । यसरी प्राकृतिक न्यायको सिद्धान्तविपरीत निर्णय भएको भन्ने निवेदकको जिकिर स्वीकारयोग्य नदेखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9743
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७१-WO-०५०१ | ०६८-WO-११७७ | ०७०-WO-०१७५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9743
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्