नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9738 · वि.सं. २०७४

नि.नं. 9738 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनीरूपमा मुद्दा हेर्ने अधिकारक्षेत्र रहेको अदालतमा विचाराधीन मुद्दाका पक्षहरू र प्रतिवादीलगायतले स्वतन्त्ररूपमा मुद्दामा पैरवी एवं साक्षी प्रमाणको परीक्षणमा सहभागिता राखी सत्य तथ्यको उजागर गर्न सकिने हुन्छ । मुद्दाको सुनुवाइमा सम्बन्धित पक्षको न्यायपूर्ण सहभागिताबाट न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन जरूरी हुन्छ । तर यो वा त्यो कारण देखाएर फौजदारी न्याय प्रणालीकै समुच्चा विकल्प खोज्न पर्ने वा गर्ने प्रवृत्ति राख्नु न्याय तथा कानूनसम्मत नहुने । न्यायिक प्रणालीप्रति नै मनोगत शंका मात्र व्यक्त गरी न्यायिक प्रक्रियामा असहयोग जारी रहेमा त्यसबाट आफ्नो निहित स्वार्थ सिद्ध हुन नसक्ने मनोवैज्ञानिक सोचमा रहेको भन्ने अनुमान गर्नुपर्ने हुन्छ । त्यस्तो सोच र प्रवृत्तिलाई कुनै हिसाबले पनि सहयोग गर्न नसकिने । (प्रकरण नं. २१) अदालतबाट स्वतन्त्ररूपमा कानूनी परीक्षणको माध्यमबाट कसुर गरे नगरेको निर्णय हुने पद्धति हुनाले पूर्वाग्रहको लेस पनि परिकल्पना गर्न सकिँदैन । यसरी सत्यतथ्यको परीक्षण गर्ने न्यायिक प्रक्रियालाई प्रतिवादीसमेतले अवसरको रूपमा ग्रहण गरी उपयोग गर्नुपर्नेमा प्रक्रियाकै विकल्प खोज्ने, पन्छाउने वा प्रतिस्थापन गर्न खोज्ने गर्दा त्यस्तो मनोदशाले सहयोग नगर्ने कुरा मननीय छ । न्यायिक प्रक्रियाका सम्पूर्ण चरणहरू र फौजदारी न्यायमा प्रतिवादीलाई प्राप्त सम्पूर्ण अधिकारहरूको उपभोग गर्ने अवसर बाँकी छँदै र सो सिलसिलामा आरोपबाट सफाइ पाउन सक्ने अवस्था बाँकी हुँदाहुँदै अघि नै दर्ता भई चलिरहेको मुद्दाको कारवाही नै रोकी पाउन माग गर्नु कानूनसम्मत र विवेकशीलसमेत देखिन नआउने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9738
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६७-WO-०५८४ | ०६७-WO-०५३२ | ०७०-WS-००५० | ०६९-WO-०७४०
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9738
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्