नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9736 · वि.सं. २०७३

नि.नं. 9736 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

लेखापरीक्षणको सेवा करारीय सम्झौतामार्फत प्रदान गरिने हुँदा सेवा लिने वा दिने विषयमा करारका सर्तहरू तोक्न पक्षहरू स्वतन्त्र रहने हुन्छन् । आ-आफ्ना संस्थासँग सम्बन्धित ऐनहरूले सेवा लिने दिने विषयमा सामान्य मार्गदर्शन गरेपनि करारीय सम्झौता र त्यसका बारेमा पक्षहरूमा रहने स्वायत्ततालाई अंकुश लगाएको मान्न मिल्ने सामान्यतः हुँदैन । तर करारीय स्वतन्त्रताको प्रयोग गर्दा अन्य दुइवटा कानूनी व्यवस्थाहरूलाई भने अनदेखा गर्न नमिल्ने । चार्टड एकाउन्टेन्सहरूको सेवा शुल्क तोक्दा कुनै सम्झौता गरिएको वा सम्झौता गर्ने प्रयास गरिएको भन्ने छैन तथापि न्यूनतम शुल्क तोक्ने जुन कार्य भयो सो कार्यको प्रकृति हेर्दा उक्त कार्य प्रतिस्पर्धाको विरूद्ध नै हुने देखिन आउने । (प्रकरण नं. ४) वस्तु वा सेवाको स्वच्छ प्रतिस्पर्धा कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई खुला, उदार, बजारमुखी तथा प्रतिस्पर्धी बनाई व्यावसायिक क्षमता विकास गरी अन्तराष्ट्रिय लेखामान तथा लेखापरीक्षकको स्तर कायम गर्न लेखामानको मापदण्ड कायम गर्दै कामको प्रकृतिअनुसार करार ऐन, २०५६ को साथै प्रचलित अन्य कानूनहरूलाई समेत ध्यानमा राख्दै सेवाको गुणस्तर कायम गरी एउटा निश्चित मापदण्ड बनाउन कुनै आपति हुने देखिएन । पारिश्रमिकको हकमा सेवा लिने र दिनेबीच आपसी सम्झौताबमोजिम तय हुने कुरालाई ध्यानमा राखेर अन्य कानूनहरूमा भएको व्यवस्थासमेतलाई सम्बोधन गर्दै उपभोक्ताको हितलाई ध्यानमा राखी विशेष परिस्थितिमा न्यूनतम शुल्कभन्दा पनि कममा सेवा लिन / दिन सक्ने गरी सो सम्बन्धमा मार्गदर्शक व्यवस्थासम्म विपक्षी परिषद्‌बाट हुन सक्ने देखिँदा एकांकीरूपमा सेवा शुल्क तोकेको विषय कानूनसम्मत् रहेको भन्न नसकिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9736
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
मुद्दा नं.०७२-WO-०४१३ | ०७२-WO-०१७२ | ०७२-WO-०३२१ | ०७२-WO-०२७२
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9736
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्