नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9728 · वि.सं. २०७३

नि.नं. 9728 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी मुद्दामा मनसाय तत्त्वलाई विशेष हेरिनुपर्छ । मनसायसहित गरेको आपराधिक कार्य र मनसाय बिना गरेको आपराधिक कार्यलाई छुट्टाछुट्टैरूपमा हेर्नुपर्ने हुन्छ । फौजदारी कानूनमा मनसायसहित गरेको आपराधिक कार्यलाई जघन्य अपराधको रूपमा हेरिन्छ र हेरिनु पनि पर्छ । कसैको हत्या गर्ने पूर्व योजना बनाई हत्या गरेपछि अपराध गरेमा साबिती बयान दिएकै आधारमा अदालतलाई सहयोग गरेको हुँदा सजायमा छुट पाउनुपर्छ भनी जिकिर लिएकै आधारमा अदालतले सजायबाट छुट दिंदा समाजमा पुनः आपराधिक गतिविधिले प्रश्रय पाउन सक्नेतर्फ समेत दृष्टि पुर्‌याउनु पर्ने हुन जाने । फौजदारी कानूनले अनुसन्धान तथा अदालतको काम कारवाहीमा सहयोग गरेको अवस्थामा अभियुक्तले सजायमा छुट पाउन सक्छ भनी राखेको प्रावधानको उद्देश्य योजनाबद्धरूपमा गरेको मानवता विरूद्धको जघन्य अपराधका दोषीलाई समेत सजायमा छुट दिनुपर्छ भन्ने नभई पूर्व रिसइवी र योजना नबनाई कसैको हत्या हुन गए वा कुनै गैरकानूनी कार्य हुन गएको अवस्थाका अभियुक्तलाई सजायमा केही छुट दिने भन्नेसम्म हुने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9728
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2073/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी
मुद्दा नं.०६८-CR-१४००
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9728
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्