नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9727 · वि.सं. २०७३
नि.नं. 9727 — सार्वजनिक बाटो खुलाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गाधनीको हक टुटाई नलिएको कारणले त्यस्तो संरचना र सोसँग सम्बद्ध निकास नै अवरोध गर्न मुलुकी ऐन, घर बनाउनेको ३ नं. बमोजिम कानूनसम्मत एवं न्यायोचित हुने देखिँदैन । एकपटक बाटोको रूपमा प्रयोग गर्न नरोकी प्रयोग गर्न दिई स्रेस्ता पूर्जा आदिमासमेत बाटो जनाई सकेको अवस्थामा त्यसको विपरीत बाटो कायम नराख्न पनि नमिल्ने हुनाले वादीहरूले जुनरूपमा भोग गरिरहेको बाटो हो सोहीरूपले बाटो प्रयोग गर्न पाउने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9727 |
|---|---|
| मुद्दाको विषय | सार्वजनिक बाटो खुलाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2072/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री विदुरविक्रम थापा | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल |
| मुद्दा नं. | ०७२-CI-०६९८ | ०६९-CI-०५९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9727 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
