नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9716 · वि.सं. २०७३
नि.नं. 9716 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
वस्तुतः घरसारमा भएको अंश छोडपत्रको लिखतबाट स्वतः मानो छुट्टिएको मिति यकिन हुन सक्तैन । कुनै न कुनैरूपमा त्यस्तो घरसारको लिखत वास्तविक व्यवहारबाट नै कार्यान्वयन भएको औपचारिक रूपबाट देखिनु पर्ने । (प्रकरण नं. ११) सामान्यतया अंश हुँदा चल सम्पत्तिको हकमा हात हातै बुझी लिए भन्ने व्यहोरा उल्लेख गर्ने गरिन्छ । अंश गर्दा लेखिने त्यस्तो कुराले औपचारिक ढाँचासम्म निभाउनको लागि पनि व्यक्त गरिने हुन्छ । चल सम्पत्तिको यथार्थ विवरण नाप, तौल, गन्ति गरी छुट्याइएको र त्यस्तो लिखत निर्विवाद रहेको अवस्थामा त्यस्तो लिखतको प्रमाणिकता छुट्टै हुन जान्छ । वस्तुतः पारित नभएको घरसारमा भएको अंश बुझेको भरपाईमा उल्लिखित सम्पत्ति हात हातै बुझी लिएको भन्ने व्यहोराबाट सो अंश भरपाई कार्यान्वयन भइसकेको भन्न नमिल्ने । (प्रकरण नं. १२) मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलअनुसार पारित भएको हुनु पर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको घरायसी अंश छोडपत्रको लिखतले मानो छुट्टिएको मिति निर्धारण गर्न सक्तैन । घरसारको अंश बुझेको भरपाई अनुसार कार्यान्वयन भई अंशबन्डा भई गएको घर जग्गा दर्ता भएको र दुवै पक्षले स्वीकार गरेको अवस्थामा त्यस्तो घरायसी लिखतबाट मानो छुट्टिएको मितिको बारेमा निष्कर्षमा पुग्न मद्दत गर्न सक्ने । (प्रकरण नं. १३) व्यवहारमा अंश प्राप्त गर्न नसकेको घरायसी लिखतले अंश जस्तो मुद्दामा मानो छुट्टिएको विषयमा महत्त्वपूर्ण प्रमाणको रूप लिन सक्दैन । घरायसी लिखत अनुसार कार्यहरू नभएपछि सो लिखत गर्नुभन्दा अघिको स्थितिमा कुनै परिवर्तन नभई पूर्ववत् अवस्थामा नै रहन जाने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9716 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2072/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती | माननीय न्यायाधीश श्री बुद्धिप्रसाद रेग्मी |
| मुद्दा नं. | ०६४-CI-०८८१ | ०६४-CI-०९५७ | ०६४-CI-१०२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9716 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
