नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9665 · वि.सं. २०७३

नि.नं. 9665 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

इनर्जी शुल्क ग्राहकले विद्युत्‌ उपभोग गरेको अनुपातमा लाग्ने शुल्क भएकोले यो ऊर्जा आपूर्तिसँग सम्बन्धित रहेको देखिन्छ भने डिमान्ड शुल्क कुनै पनि ग्राहकले विद्युत्‌ माग गरेको निश्चित के.भि.ए. को आधारमा लिइने शुल्क भन्ने देखिन्छ । डिमान्ड शुल्क सम्बन्धित ग्राहकले माग गरेको सर्वसाधारण उपभोक्ताले पाउनेभन्दा फरक क्षमता प्राप्ति र एकै पटक बढी परिमाणको ऊर्जाको भण्डार (Reserve) गरिदिने सेवाबापत लिइने शुल्क भएकोले डिमान्ड शुल्कलाई विद्युत्‌ महसुल शुल्कको रूपमा व्याख्या गरी विद्युत्‌ आपूर्तिसँग सम्बन्धित गरी हेर्न नमिल्ने । सर्वसाधारण उपभोक्ताले भन्दा बढी क्षमता डिमान्ड गरेअनुरूप त्यस्तो ऊर्जा प्राप्त गर्न विशेष क्षमताको जडान, त्यसको सुरक्षण, मर्मत सम्भार आदिको प्रबन्ध अर्थात् आवश्यक थप प्रबन्ध पनि गर्नुपर्ने हुन्छ । विद्युत्‌ प्रसारण हुँदा अरू साधारण स्थानमा विद्युत्‌ परिणाम प्रवाहभन्दा यस्तो डिमान्ड गर्ने ग्राहकले माग अनुरूपको बढी विद्युत्‌ परिमाण प्राप्त गर्दछन् । विद्युत्‌ खपत अनुरूपको रकम माग गर्नु एउटा कुरा हो भने अरू सर्वसाधारण ग्राहकभन्दा बढी क्षमता सहितको विद्युत्‌ आपूर्तिको सुविधा प्राप्त गर्नु अर्को कुरा हो । त्यसैले डिमान्ड शुल्क स्थिर लागतसँग सम्बन्धित देखिन आएको हुँदा यसलाई ऊर्जा आपूर्तिसँगमात्र सीमित गरी हेर्न नमिल्ने । (प्रकरण नं. ४) परमादेशको आदेश जारी हुनका लागि सार्वजनिक दायित्व बहन गर्ने अधिकारीले कानूनबमोजिम गर्नु पर्ने कार्य नगरेको वा गर्न नहुने कार्य गरेको अवस्था रहेको देखिनु पर्ने हुन्छ । कानूनबमोजिमको अख्तियारी पाएको निकायले कानूनको अख्तियारी प्रयोग गरी गरेको काम कारबाहीका सम्बन्धमा परमादेशको आदेश जारी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9665
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/10/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०७०-NF-०००३ | ०६८-RV-००३२
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9665
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्