नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9664 · वि.सं. २०७३

नि.नं. 9664 — लुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीले मापदण्डविपरीत घर निर्माण गरेको कारणबाट महेन्द्रनगर नगरपालिकाबाट मिति २०५८।९।१९ मा घर भत्काउन आदेश दिएको देखिन्छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम घरलगायतका स्थायी संरचनाहरू निर्माण गर्नुपूर्व स्वीकृति लिनुपर्ने बाध्यात्मक कानूनी सर्तहरू पालना नगरी उल्लङ्घन गरेको अवस्थामा स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१(४) ले दिएको अधिकार प्रयोग गरी मापदण्डविपरीत निर्माण भएको घर भत्काउने आदेश जारी गरी घर भत्काएको कार्यलाई कानूनविपरीतको कार्य भन्न नमिल्ने । नगरपालिकाको निर्णयमा चित्त नबुझेमा स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६२ बमोजिम पुनरावेदन अदालतमा पुनरावेदन गर्ने कानूनी मार्ग भएकोमा वादीले उक्त मार्ग अनुशरण नगरी बसेको पाइन्छ । नगरपालिकाको उक्त आदेश बदर नभएसम्म सो आदेशबमोजिम भए गरेका काम कारवाहीहरू कानूनसम्मत मान्नु पर्ने । (प्रकरण नं. ४) कानून कार्यान्वयनको सिलसिलामा आफूलाई प्राप्त अधिकारको दुरूपयोग गरी कुनै कार्य गर्दा कसैलाई क्षति हुन गएमा क्षतिको परिपूरण त्यस्तो निकायले बहन गर्ने अलग विषय हो । कानून उल्लङ्घन गरी कसैले मापदण्डविपरीत घर बनाएको छ भने त्यसरी घर बनाउने व्यक्ति स्वयम्‌ले त्यस्ता संरचना हटाउनु पर्ने हुन्छ । मापदण्डविपरीत बनाएको घर आफैँले उठाई लैजानु पर्ने वादीको कानूनी दायित्व भएकोमा वादीले सो दायित्व पूरा नगरेबाट नगरपालिकाले कानूनबमोजिम गरेको कार्यलाई लुटपिटको दायराभित्र पारी दायित्व बहन गराउनु सर्वथा अनुचित हुन जाने हुन्छ । यसकारण नगरपालिकाले कानूनबमोजिम घर भत्काएको कार्यलाई लुटपिट भन्न नमिल्ने हुँदा वादी दाबी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9664
मुद्दाको विषयलुटपिट
निर्णय वर्ष / मिति2072/09/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री दीपकराज जोशीको रायसँग असहमत भई छुट्टै राय व्यक्त गरेको छु भन्ने व्यहोराको माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको छुट्टै राय । | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको रायसँग असहमत भई यो छुट्टै राय व्यक्त गरेको छु भन्नेसमेत व्यहोराको माननीय न्यायाधीश श्री दीपकराज जोशीको छुट्टै राय । | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको राय वा लुटपिट गरेको ठहर गरी वादीले प्रतिवादी नगरपालिकाबाट लुटपिटको बिगो भराई पाउने भन्ने माननीय न्यायाधीश दीपकराज जोशीबाट व्यक्त भएको रायमध्ये कुन राय कायम हुनु पर्ने हो । | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायबाट व्यक्त राय मनासिब हुँदा उक्त राय सदर हुने ठहर्छ । वादी दाबीको घर नगरपालिकाले भत्काई लुटपिट गरेको भनी रू. ८,९७,५५०।- वादीले महेन्द्रनगर नगरपालिका कार्यालयबाट भराई पाउने ठहर्‍याएको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला सदर गरी माननीय न्यायाधीश श्री दीपकराज जोशीबाट व्यक्त राय मिलेको नदेखिँदा उक्त राय कायम नरहने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
मुद्दा नं.०७२-CF-०००१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9664
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्