नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9659 · वि.सं. २०७३
नि.नं. 9659 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको ईच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी प्रयाप्त सावधानी अपनाई गरेको पनि पुष्टि हुनुपर्दछ । उल्लिखित यी अवस्थाहरू एक अर्काको विकल्पको रूपमा रहेको नभई यी सबै अवस्थाहरूको संयोजन रहे भएको हुनुपर्दछ । यीमध्ये कुनै एउटाको अभाव भएमा त्यसलाई भवितव्य मान्न नसकिने । (प्रकरण नं.६) बियरको बोतल जस्तो वस्तुले संवेदनशील अंग टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्छ भनी सामान्य सुझबुझ भएको व्यक्तिले जान्नु सोच्नु पर्ने कुरा हुन आउँछ । बियरको बोतलले टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्ने सम्भावना रहने पनि सहज अनुमान गर्नुपर्ने विषय हो । यस्तो अवस्थामा प्रतिवादीमा भवितव्य ज्यान हुन आफूले गरेको कामबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको वा परिणामको पूर्व ज्ञान नभएको भनी मान्न सकिँदैन । यसमा प्रतिवादीको मृतकलाई मार्ने मनसाय स्पष्ट नदेखिए पनि मानिस मर्न सक्ने परिणामको पूर्व सम्भावनाको जानकारी भने रहेकै देखिँदा प्रस्तुत मुद्दाको वारदातलाई भवितव्यको कोटीमा राख्न सकिँदैन । यस्तो अवस्थामा प्रतिवादीमा रहेको त्यही सम्भावनाको जानकारी नै आपराधिक कार्य पछाडिको आपराधिक मनसायका रूपमा रहेको हुने । कुनै आपराधिक कार्य ठीक बेठीक छुट्याउन सक्ने व्यक्तिले आफ्नो कामको परिणाम देख्न सक्ने अवस्थामा कुनै कार्य स्वतन्त्र तथा स्वेच्छाले गर्दछ र त्यसको परिणाम आपराधिक कार्य हुन्छ भने त्यहाँ मानसिक तत्त्व विद्यमान रहेको नै मानिन्छ । नाबालक, होस ठेगाना नभएको, नशाको सुरमा रहेको, ठीकबेठीक छुट्टाउन नसक्ने अवस्थाको व्यक्तिले वा कुनै डर त्रास, दबाबमा परी कसैको आज्ञा पालन गर्न वा आफ्नो कार्यको परिणाम देख्न र पूर्व अनुमान गर्न नसक्ने व्यक्तिले गरेको आपराधिक कार्यको पछाडि आपराधिक मनसाय रहेको नमानिने अवस्था पनि यसमा विद्यमान नदेखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9659 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/04/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७०-CR-१०६८ | ०७०-CR-११९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9659 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
