नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9652 · वि.सं. २०७३
नि.नं. 9652 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
सगोलमा छँदा प्राप्त आम्दानीको स्पष्ट विवरण र सो कुरा प्रमाणित हुने खालका प्रमाणको अभावमा ट्याक्सी टेम्पोको दैनिक आम्दानी यति नै हो भनी अनुमान गर्नु न्यायसङ्गत नहुने । (प्रकरण नं.५) वस्तुतः बन्डा लाग्ने सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिले त्यस्तो सम्पत्ति के कसरी प्राप्त गरेको हो, सो सम्पत्ति सगोलकै आय आर्जनबाट खरिद गरेको वा एकासगोलको खति उपतिबाट जोडेको हो भनी तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि हुनु आवश्यक हुन्छ । आफ्नो सिप र प्रयासबाट निजी तवरमा प्राप्त गरेको कुनै सम्पत्ति प्राप्त गर्नेको निजी नै मान्नुपर्ने हुँदा सोतर्फको वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर मनासिब भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9652 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2072/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री डा.कुलरत्न भुर्तेल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल |
| मुद्दा नं. | ०६९-CI-०३९४ | ०६९-CI-०३९३ | ०६९-CI-०३९२ | ०६९-RI-०३३० | ०६७-RI-०३२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9652 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
