नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9647 · वि.सं. २०७३
नि.नं. 9647 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
लिखत बदर मुद्दाको रोहमा दाबी खारेज भई प्रतिवादीले गरेको बिक्रीव्यवहार सदर ठहर भइसकेपछि सो सम्पत्तिको मूल्यबाट आएको नगद रकमबाट अंश दिलाई पाउँ भन्ने दाबी आफैँमा विरोधाभाषपूर्ण देखिई कानूनसङ्गत देखिन आएन । जुन जग्गाको विषयमा प्रतिवादीहरूबाट पूर्वदाबी गरिएको हो सो दाबी नै खारेज भएको अवस्थामा सो जग्गा बिक्री गरी प्राप्त भएको रकमसमेत बन्डा हुनुपर्छ भनी पुनः अंश मुद्दाको रोहबाट प्रतिवादीहरूले लिएको दाबी पनि मनासिब देखिन नआउने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9647 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2073/11/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिब हुँदा सो हदसम्म उक्त रायमा मेरो सहमति भई त्यसतर्फ कुनै विवेचना गरिरहन परेन । कि.नं. ३०२ को जग्गा जमुना महर्जनबाट नरराम महर्जनले मिति २०४९।०९।०७ मा बकसपत्रको माध्यमबाट प्राप्त गरेको देखिए पनि हाल अंशियारभित्रकै व्यक्तिको नाममा कायम भइरहेको हुँदा सगोलमा रहेको सम्पत्ति बन्डा नलाग्ने भन्न मिलेन । सगोलको सम्पत्तिबाट खरिद गरेको जग्गामा बनाएको घर वादीले निजी आर्जनबाट निर्माण गरेको पुष्टि गर्न नसकेको अवस्थामा त्यस्तो घर बन्डा नगर्ने ठहर्याएकोसमेत पुनरावेदन अदालतको फैसला मनासिब देखिएन । कि.नं. ३४७ र ३७९ को जग्गा वादीका पति नररामले आमा माया महर्जनबाट प्राप्त गरेको र सो जग्गा यी वादीले आफ्ना नाममा नामसारी गरी मिति २०६०।०७।२७ मा राहुल विल्डवेल प्रा.लि. लाई रू.२१,००,०००।- मा बिक्री गरेको हुँदा बिक्री नहुँदा बन्डा लाग्ने तर बिक्रीबाट प्राप्त भएको रकम भने बन्डा नलाग्ने भनी तर्क गर्न न्यायसङ्गत नहुने हुँदा उक्त जग्गा वादीले बिक्री गरी प्राप्त गरेको रकमसमेत बन्डा लाग्ने देखिएकोले कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी बैङ्कमा जम्मा गरेको रकमसमेत सगोलको सम्पत्ति देखिँदा सोसमेत बन्डा गर्ने ठहर गर्नुपर्नेमा सो सम्पत्ति बन्डा नगर्ने ठहराएको हदसम्म पुनरावेदन अदालतको फैसला नमिलेकोले केही उल्टी हुने ठहर्छ । सहयोगी माननीय न्यायाधीशको फरक राय रहेकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री भरतराज उप्रेतीको राय । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय बदर गरी माननीय न्यायाधीश श्री भरतराज उप्रेतीको राय सदर कायम हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय वा कि.नं. ३०२ को जग्गा र सो मा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी प्राप्त गरेको रू. २१ लाख सगोलको सम्पत्ति ठहर गरी वादी प्रतिवादीमा अंशभाग लाग्ने भन्ने माननीय न्यायाधीश श्री भरतराज उप्रेतीबाट व्यक्त भएको रायमध्ये कुन राय कायम हुनु पर्ने हो ? | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय रहेको र उक्त विवादित सम्पत्ति सगोलको ठहर गरी वादी प्रतिवादीबीच अंशभाग लाग्ने भन्ने माननीय न्यायाधीश भरतराज उप्रेतीबाट राय व्यक्त भएको सन्दर्भमा बन्डा गर्नुपर्ने सम्पत्तिमा रायमा मतैक्य हुन सकेको नदेखिँदा माथि उल्लिखित विवादित सम्पत्ति वादीहरूको निजी आर्जन भई बन्डा नलाग्ने हो वा सगोलको सम्पत्ति भई वादी प्रतिवादीहरूमा अंशभाग लाग्ने हो भन्ने प्रश्न विचारणीय हुन आएको छ । | माननीय न्यायाधीश श्री भरतराज उप्रेतीबाट व्यक्त भएको राय मनासिब नहुँदा उक्त रायसँग सहमत हुन सकिएन । कि.नं. ३०२ को क्षेत्रफल | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहबाट व्यक्त भएको राय मनासिब हुँदा उक्त राय सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । |
| मुद्दा नं. | ०६८-DF-००१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9647 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
