नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9644 · वि.सं. २०७३
नि.नं. 9644 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
विद्यार्थीहरू आफू अध्ययन गर्ने संस्थाप्रति जवाफदेही हुने हो, विश्वविद्यालयको नियम कानूनभन्दा पनि महाविद्यालयको सूचना र नियमहरू विद्यार्थीहरूको जानकारीमा छिटो सञ्चार हुने विषय हुन् । सार्वजनिकरूपमा सूचना प्रकाशित गरी महाविद्यालयले प्रवेश परीक्षामा सम्मिलित हुन आह्वान गरेपछि निज १० जना रिट निवेदक विद्यार्थी महाविद्यालयमा प्रवेश पाएको देखिन आउँछ । निज विद्यार्थीहरूको हकमा महाविद्यालयको उक्त सूचना वैध र नियमसंगत थियो भनी भन्नुपर्ने । (प्रकरण नं.६) महाविद्यालयको औपचारिक शिक्षा हासिल गरी दीक्षित हुनुपर्ने जस्तो संवेदनशील विषयमा विद्यार्थीहरूको भविष्यमाथि खेलवाड हुने गरी समयमै निर्णय नगरी अनिर्णयको बन्दी भई बसीरहन न्यायको हिसाबले पनि उपयुक्त हुँदैन । आफूले समयमा निर्णय गर्न नसकेको कुराको परिणाम विद्यार्थीहरूले भोग्नुपर्ने परिस्थितिको समर्थन गर्नु न्यायसम्मत नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9644 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/04/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री डा.आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७०-WO-०२०९ | ०७१-MS-००१० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9644 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
