नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9643 · वि.सं. २०७३
नि.नं. 9643 — मानव बेचबिखन तथा ओसारपसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
जुनसुकै मुद्दाको कारवाही र किनारा गर्दा अधिकारक्षेत्रको प्रश्न प्रारम्भिक प्रश्नको रूपमा रहेको हुन्छ । अदालतले आफूमा निहित न्यायिक अधिकारको प्रयोग गर्दा संविधान र कानूनले प्रदान गरेको अधिकारक्षेत्रभित्र रही गर्नुपर्ने । न्यायिक उपचार प्रदान गर्दा जसलाई जे गर्न भनि तोकिएको छ‚ उसले त्यति मात्र उपचार प्रदान गर्न सक्छ । आफूलाई प्राप्त नभएको अधिकारको प्रयोग गर्नु वा आफूलाई प्राप्त भएको भन्दा बढी अधिकारको प्रयोग गर्दा त्यसले अधिकार क्षेत्रको त्रुटि भई त्यसरी गरिएका निर्णय र आदेश निष्प्रभावी र निरर्थक हुन पुग्ने । कानूनले दिएको अधिकारक्षेत्र नाघेर कारवाही गर्दै जाने हो भने त्यसले न्यायिक अराजकता निम्तन पुग्छ जसले गर्दा न्यायिक अन्योल सृजना भई स्वेच्छाचारी कार्यले प्रश्रय पाउन पुग्छ । विधिको शासनमा यस प्रकारको प्रवृत्तिको कल्पनासम्म पनि गर्न सकिँदैन । कुनै पनि मुद्दामा अधिकारक्षेत्रको प्रश्न आधारभूत प्रश्न भएको कारणले यसको सम्बन्धमा पक्षले प्रश्न नउठाएपनि जुनसुकै तहमा अदालते विचार गर्न सक्छ र अधिकारक्षेत्र बाहिरको भएमा मुद्दाको सुनुवाइ गर्न इन्कार गर्न सक्छ । यस प्रकारको अधिकार न्यायिक निकायको अवशिष्ट अधिकार हुन जाने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9643 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार |
| निर्णय वर्ष / मिति | 2073/05/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७०-CR-११६३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9643 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
