नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9642 · वि.सं. २०७३
नि.नं. 9642 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
दुनियाँको बिगोको हकमा जायजात गर्दा ऋण खाँदा सँग बसेका १२ वर्षभन्दा कम उमेरका अंशियारहरूको अंश हक पर सारेर मात्र जायजात गर्नुपर्ने भन्ने विद्यमान कानूनी व्यवस्था रहेको देखिन्छ । यस्तो अवस्थामा सो ऋण लिँदाको अवस्थामा जायजन्मसमेत नभएकी र मिति २०६९।१२।१९ मा मात्र जन्म भएकी नाबालिग वादीले समेत उक्त ऋण बुझाउनु पर्छ भन्न मुलुकी ऐन, दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले मिल्ने देखिएन । त्यस्तै अन्य ऋणहरू पनि मुद्दा चल्दाचल्दैको अवस्थामा लिएको देखिँदा सो ऋणहरूमा समेत नाबालिग वादीको दायित्व सिर्जना हुने अवस्था नदेखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9642 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2073/05/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री विष्णु सुवेदी | माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह |
| मुद्दा नं. | ०७१-CI-१४७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9642 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
