नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9639 · वि.सं. २०७३
नि.नं. 9639 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
फौजदारी कसुरमा प्रतिवादीमाथिको अभियोग निसन्देहरूपमा प्रमाणित गर्ने भार वादी पक्षमा निहित रहने हुन्छ । सो कुरा प्रमाण ऐन, २०३१ को दफा २५ मा स्पस्टरूपमा उल्लेख गरेको छ । प्रस्तुत मुद्दामा कसुरमा प्रतिवादीहरूको संलग्नता रहेको भनी पुष्टि हुने निर्विवाद आधारहरू वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । केवल अभियोग लगाएको आधारमा मात्र कसुर कायम गर्न मिल्दैन र सो गर्नाले न्यायको मकसदसमेत पूरा हुँदैन । प्रमाणको पर्याप्त न्यायिक परीक्षण गरी न्यायिक परीक्षणबाट सत्य तथा सर्वोत्तम प्रमाणका रूपमा स्थापित प्रमाणले कसुरदार रहेको भनी समर्थन गरेमा मात्र कसुरदार कायम गर्न सकिन्छ । अन्यथा कुनै व्यक्तिलाई आरोप लगाएकै आधारमा दोषी प्रमाणित गर्दा ठूलो अन्याय हुन जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9639 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/02/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६९-CR-०३८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9639 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
