नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9637 · वि.सं. २०७३

नि.नं. 9637 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

झिना मसिना कुरा निकालेर गम्भीर कसुरको सजायबाट उम्किन सक्ने गरी कानूनको व्याख्या हुन सक्दैन । खुकुरी जस्तो घातक हतियारले घाँटी जस्तो संवेदनशील ठाउँमा पटकपटक प्रहार गर्ने कार्यबाट मृतकको ज्यान लिने यी प्रतिवादीको मनसाय स्पष्ट प्रमाणित छ । मृतकको अत्यन्त बीभत्स र क्रुर हत्या भएको छ । यस्तो हत्या (murder) मा अ.बं. १८८ नं. को प्रयोग हुनै नसक्ने । (प्रकरण नं.४) मृतकको शरीरबाट गहना निकाली लगेको भन्ने प्रतिवादीको साबितिबाट अभियोगदाबीको मुलुकी ऐन चोरीको महलको १२ नं. को कसुर पनि स्थापित भएको छ । यसमा ज्यानसम्बन्धीको महलबमोजिम ठूलो सजाय भइसकेपछि चोरीको महलको सजाय गर्न मिल्दैन भन्ने तर्कमा कुनै कानूनी बल छैन । यो कुरा फैसला कार्यान्वयन हुने बेलामा मुलुकी ऐन दण्ड सजायको महलबमोजिम तय हुने कुरा देखिन्छ । यसबाट फैसलामा हुने ठहर प्रभावित हुन नसक्ने हुँदा प्रतिवादीको यो पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9637
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2072/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा.
मुद्दा नं.०६८-CR-०६७९ | ०६८-CR-०६८०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9637
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्